विद्यालयमा आगलागी



कपिलवस्तु । जिल्ला सदरमुकाम तौलिहवाको धनौराटोलस्थित एचडी मेमोरियल विद्यालयमा आज दिउँसो आगलागी भएको छ ।

विद्यार्थी परीक्षा दिन विद्यालयमा उपस्थित भएका बेला अचानक भएको आगलागीका कारण विद्यार्थीमा भने कुनै क्षति भएको छैन । विद्यालय भवनसँगै रहेको बिजुलीको पोलमा विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

विद्यालयको पहिलो तल्ला पक्की भए पनि माथिल्लो तल्लाको छानो खरले छाएका कारण विद्युत चुहिएर खरको छानोबाट आगलागी शुरु भएको हुनसक्ने प्रहरीले बताएको छ । आगलागीबाट विद्यालय भवनका डेक्स बेन्चलगायतका फर्निचर जलेर नष्ट भएका छन् ।

आगो नियन्त्रणका लागि कपिलवस्तु नगरपालिकाबाट आएका दमकलले पानी फ्याक्न नसक्दा फर्केका थिए । आगलागीको खबर पाउनासाथ घटनास्थल पुगेको पहिलो दमकल पानी नभएका कारण फर्केको थियो भने दोस्रो अत्याधुनिक भनिएको दमकलबाट पानी निकाल्न प्राविधिक ज्ञानको अभावका कारण दमकल फर्केको थियो ।

आगोलागीमा भेला भएका सर्वसाधारण दुईवटा दमकल आए पनि आगो नियन्त्रणमा कुनै उपयोग नभएका कारण दमकल कर्मचारीप्रति आक्रोशित बनेका थिए । आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीन गए क्रिकेटर सन्दीप लामिछाने

  क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री