आफ्नैले गर्न थाले शिकार,रामचन्द्रले भन्दिए शेरबहादुर कांग्रेसकै बिकार



सरकारको नेतृत्व गरिरहेको प्रमुख दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार बेहोरेपछि नेतृत्वको चर्को आलोचना भईरहेको छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाको एकलौटी तथा अदुरदर्शि ढंगले अघि बढ्ने क्रियाकलापले आउँदो निर्वाचनमा पनि कांग्रेसले अनपेक्षित हार बेहोर्नुपर्ने सो पार्टीभित्रै अनुमान गर्न थालिएको छ । अहिले आएको सिट सुतेर आएको हो । एमालेको जति खटिएको भए दुई तिहाई आउने रहेछ । तर देउवाकै कारण त्यसो हुन् नसकेको आरोप लाग्न थालेको छ।रामचन्द्र पौडेलले शेरबहादुर बाट पार्टी नचल्ने भन्दै यस्ता बिकारलाइ पन्छाउनु पर्ने बताउन थालेका छन्।

सरकार र पार्टी सञ्चालन दुवैमा असफल भएको भन्दै प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाविरुद्ध अविश्वास प्रस्ताव ल्याउन पार्टी भित्रैबाट दबाब सुरु भएको छ । उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर दलको नेताबाट हटाउनुपर्ने भन्दै रामचन्द्र पौडेल समूहका नेताहरूले शीर्ष नेताहरूलाई दबाब दिन थालेका छन् । उता देउवालाइ सिध्याउन उनकै केही बिश्वाश पात्र भनिएका हरुनै जोड तोडले लागेका छन्।

देउवा प्रधानमन्त्री बन्नुअघि नै पार्टीभित्र स्वेच्छाचारिता मौलाएको, नियुक्तिमा एकलौटी गरिएको, बदनाम व्यक्तिहरूलाई मन्त्री, राजदूतमा सिफारिस गरेर पार्टीको छवि धमिल्याएको भन्दै पौडेल समूहले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको थियो । पछिल्लो पटक देउवा गुटकैले फर्मुल्ला मन्सुर लाइ मंत्री बनाएकोमा तिब्र आक्रोश पोखेका थिए।

तर, स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा अविश्वासको प्रस्तावको खेलमा लाग्दा पार्टीले शर्मनाक हार बेहोर्न सक्ने भन्दै निर्वाचन अघि त्यो विषय नउठाउने गरी पौडेल समूहले यसलाई थामथुम पारेको थियो । तर, अहिले दुई चरणको निर्वाचन भइसक्दा पहिलो स्थानमा रहेको पार्टी दोस्रोमा झरेपछि कांग्रेसभित्र अविश्वासको प्रस्तावको विषयले अनौपचारिक छलफलमा प्रवेश पाएको छ । देउवालाई सिध्याउन महामन्त्री डा. शशांक कोइरालाको सिफारिशमा दिनेश भट्टराई लाइ उनको विदेश मामिला सल्लाहकार बनाइएको छ। सुशील कोइराला प्रधानमन्त्री हुँदाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईलाई नै देउवाले पनि परराष्ट्र सल्लाहकार बनाउनुपछाडि शशांकको सूत्रले काम गरेको बताइन्छ । भट्टराई शशांकनिकट मानिन्छन् । देउवाको कार्यकाल पछिका लागि डा. शशांक अहिले बाटै सभापति जित्ने गरिको मोर्चाबन्दीमा छन्। त्यसका लागी उनले पौडेललाइ उकासेर देउवालाइ हान्ने रणनिती अख्तियार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय