टेलिकमबाट विद्यालयलाई कम्प्युटर प्रदान



हाम्रो इकोनोमि

नुवाकोट । नेपाल टेलिकमले विदुर नगरपालिका–१३, हर्कपुरको कन्यादेवी निम्न माध्यमिक विद्यालयलाई कम्प्युुटरलगायत विद्युतीय सामग्री प्रदान गरेको छ ।

टेलिकमले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत केन्द्रीय कार्यालयमार्फत कन्यादेवी निमाविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिकरुपमा दक्ष र आधुनिक युगअनुसार प्रतिस्पर्धी बनाउन कम्प्युटरसहित इन्टरनेट सेवा उपलब्ध गराएको जनाएको छ ।

विद्यालयलाई मंगलबार पाँच थान कम्युटर, इन्टरनेट चलाउने वाइम्याक्स डिभाइस, प्रिन्टर, स्क्यानिङ एक÷एक थान, वेभ क्यामरा पाँच र कम्प्युटर राख्ने फर्निचर प्रदान गरेको नेपाल टेलिकमका वरिष्ठ व्यापार अधिकृत रवीन्द्र शाहले बुधबार एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।

“विद्यालयमा उपलब्ध गराएको वाइम्याक्स इन्टरनेट सेवाबाट दुई वर्षसम्म निःशुल्क इन्टरनेट चल्ने व्यवस्था मिलाएको छौँ”, वरिष्ठ व्यापार अधिकृत शाहले भन्नुभयो, “विद्यार्थीलाई आधुनिक प्रविधि र अनलाइन माध्यमबाट पाठ्यक्रम अध्ययनमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

टेलिकमले विद्यालयलाई प्रदान गरेको विद्युतीय सामग्री रु पाँच लाखभन्दा बढीको रहेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएपनि निजी (संस्थागत) विद्यालयसरह शैक्षिक सेवा पु¥याउने लक्ष्यअनुसार अध्यापनमा परिवर्तन गर्दै अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएकाले इन्टरनेट सहितको कम्युटर उपलब्धले उत्साहित बनाएको प्रधानाध्यापक मोचन झाले बताउनुभयो ।

विद्यालयमा उपलब्ध इन्टरनेट सेवाले पाठ्यक्रमको अध्ययन, नयाँ विषयवस्तुको खोजी एवम् नयाँ सीप सिकाइमा विद्यार्थी र शिक्षक दुवैलाई सहयोग पुगेको विद्यालयका पूर्वप्रधानाध्यापक नवराज ओझाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...