भरतपुर अस्पतालमा ३० करोड भन्दा माथिको ३२ प्रकारका अत्याधुनिक उपकरण



काठमाण्डौं । भरतपुर अस्पतालमा करिब रु ३० करोड मूल्य बराबरका ३२ प्रकारका अत्याधुनिक उपकरण थप गरिएको छ ।

उपकरण थप भएपछि कतिपय थप सेवा सुरु हुने भएको छ भने कतिपय सेवा विस्तार गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीकाअनुसार धेरैजसो उपकरण आइसकेका छन् भने केही उपकरण आउने क्रममा छन् । अस्पतालको मागबमोजिम स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरी यसअघिनै बजेट सुनिश्चितता पत्र अस्पताललाई दिएपछि खरिद प्रक्रिया अघि बढेको थियो । डा. मरासिनीका अनुसार मिर्गौलाको डायलासिसका लागि आवश्यक १२ थान उपकरण अस्पतालमा जडान भइसकेको छ ।

जिल्लामा दुई मेडिकल कलेजले मात्र डायलासिस गर्दै आएकोमा अबको एक सातापछि भरतपुर अस्पतालमा पनि डायलासिस गरिने मरासिनीले बताउनुभयो । त्यसैगरी अस्पतालमा १२८ स्लाइसको सिटिस्क्यान मेसिन पनि जडान भइसकेको छ ।

जिल्लामा मेडिकल कलेज र अस्पतालमा भन्दा उच्चस्तरको उपकरण सरकारी अस्पतालमा भित्रिएको उहाँले बताउनुभयो । सघन उपचार कक्षका लागि पाँच थान भेन्टिलेटर, थप एक सेट ल्याबका उपकरण, एउटा एक्सरे, दुईवटा अल्ट्रासाउण्ड, एनेस्थेसिया उपकरण चार थान, १५ वटा शव राख्न मिल्ने एउटा फ्रिजर पनि थपिएको छ ।

कपडा धुने उपकरण पनि भित्र्याइएको छ । यसअघि अस्पतालमा हातले कपडा धोइदै आएको थियो । त्यस्तै अस्पतालभित्रै अक्सिजन उत्पादनका लागि आबश्यक उपकरणको एलसी खोली सकिएको छ । सबै उपकरण सार्वजनिक खरिद ऐनअन्तर्गत खरिद गरिएको मेडिकल सुपरिटेन्डेन्ट मरासिनीले बताउनुभयो ।

मन्त्रालयले रु २३ करोड बजेट निकासा गरेकोमा प्रतिस्पर्धा भएका कारण रु ३० करोड बराबरको उपकरण खरिद गर्न सकिएको उहाँले बताउनुभयो ।

चितवन र छिमेकी जिल्लाका गरी वार्षिक रुपमा करिब दुई लाख बिरामीले यो अस्पतालबाट सेवा लिने गरेको अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बताउनुभयो ।

गरिब जनताले आर्थिक अभावमा उपचार नपाउने समस्याको अन्त्य गर्न नयाँ नयाँ उपकरण भित्र्याएर थप सेवा विस्तार गर्न अस्पताल लागि परेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
पेरिस ओलम्पिक २०२४ आजदेखि सुरु

    विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको

राष्ट्रपतिको दौडबाट बाहिरिए बाइडेन

    अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बुधबार राति राष्ट्रका नाममा

चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

    चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

  मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल