रातभरी रुग्यो बुढी ज्युदै जस्तो भएपछी र एमाले सहित राप्रपाले सहयोग नगर्ने भएपछि सरकारले संविधान संशोधन प्रक्रिया अघि नबढाउने भएको छ । मंगलबार दिनभर भएको दुई पक्षीय र बहुपक्षीयबैठकमा निकाश ननिस्किएपछि अब स्थानीय तहको तेस्रो चरणको निर्वाचनपछि मात्रै संशोधन प्रक्रिया अघि बढाउने निष्कर्षमा कांग्रेस र माओवादी केन्द्र पुगेका छन् ।यो भए संगै सत्ताधारी सरकार बिस्तारमा जुटेका छन्।
सरकारमा जान साना ठुला सबै दल तम्सिएका छन्। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, कमल थापा नेतृत्वको राप्रपा र अन्य साना दल पनि सरकारमा सहभागी हुने भएकाले कांग्रेस र माओवादी केन्द्रबीच कुन कुन मन्त्रालय लिने दिने भन्ने छलफल सुरु भएको छ ।कांग्रेसले १२ र माओबादीले ९ मन्त्रालय लिने सहमति भईसकेको छ ।अझै २३ मन्त्रालय अझै मन्त्रीविहीन छन्। प्रधानमन्त्री बनेको एक महिना बितिसक्दा पनि देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
यी बन्दैछन मन्त्री
माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री हुनेको नाम लगभग टुंगो लगाइसकेको छ । उसले श्यामकुमार मण्डल, महेन्द्रबहादुर शाही, सीता नेपाली र गिरिराजमणि पोखरेललाई मन्त्री बनाउने भएको छ ।
कांग्रेसमा भने मन्त्री बन्नका लागि चर्को प्रतिस्पर्धा छ । नेता रामचन्द्र पौडेल पक्षबाट रामकृष्ण यादव, कमला पन्त, बद्री पाण्डे, महेश आचार्य र बलबहादुर केसीमध्ये चारजना मन्त्री हुनेछन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा निकट नेताहरू मीन विश्वकर्मा, बहादुरसिंह लामा र महालक्ष्मी उपाध्याय डिना मन्त्री बन्ने तयारीमा छन् । नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधान, खुमबहादुर पक्षबाट मोहन बस्नेत मन्त्री बन्ने सूचीमा छन् ।