राप्रपाद्वारा आक्रमणको निन्दा तथा दुःख व्यक्त



हाम्रो इकोनोमि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतको अमरनाथ यात्रामा गएका तीर्थयात्री बोकेको बसमा गत सोमबार भएको आक्रमणप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी प्रवक्ता भुवन पाठकले आज जारी गर्नुभएको विज्ञप्तिमा उक्त आक्रमणमा परी ज्यान गुमाएकाका आफन्तजनमा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । धार्मिक भ्रमणमा निस्केका धर्मावलम्बीप्रति भएको आतङ्ककारी आक्रमणको पार्टीले निन्दा गरेको जनाइएको छ ।

भारतको जम्मु कास्मिर राज्यको अनन्तनाग जिल्लामा आतङ्कवादीबाट भएको सो आक्रमणमा परी भारतका सात तीर्थयात्री मारिनाका साथै केही घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...