साउन २५ सम्म नगरसभा गर्ने तयारी



हाम्रो इकोनोमि

काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको नगर–गाउँसभा आगामी साउनको अन्तिम साता गर्न निर्देशन दिने तयारी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ ।

दोस्रो चरणमा भएका ३३४ भएका स्थानीय तहको नगर–गाउँ सभा साउन २५ गतेसम्म गर्ने गरी निर्देशन दिने तयारी गरिएको मन्त्रालयका उपसचिव विजयराज सुवेदीले जानकारी गराउनुभयो । मन्त्रालयले पहिलो चरणको निर्वाचन भएका २८६ स्थानीय तहको यही असार २५ गतेदेखि ३० सम्म निर्देशन दिएको छ । ‘‘दोस्रो चरणमा निर्वाचन भएका स्थानीय तहले अझै पूर्णता पाउन सकेका छैनन्’’ उपसचिव सुवेदीले भन्नुभयो, ‘‘केही दिनभित्र कार्यपालिकाले पूर्णता पाउने छ । अनि हामी नगर–गाउँसभाको तयारीमा जुट्न निर्देशन दिन्छौँ ।’’

ती स्थानीय तहका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई नगर–गाउँसभा अगाडि अभिमुखीकरण तालीम दिने तयारीमा मन्त्रालय रहेको उहाँले जानकारी गराउनुभयो । मन्त्रालयले सञ्चालन गर्ने उक्त अभिमुखीकरण तालीममा यस पटकदेखि कार्यकारी अधिकृतलाई समेत सहभागिता गराइने छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...