दोस्रो चरणका सबै स्थानीय तहको नतिजा घोषणा



हाम्रो इकोनोमि

काठमाडौँं । दोस्रो चरणमा असार १४ गते भएको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ ।

सोअनुसार नेकपा९एमाले० १५१, नेपाली काँग्रेस १२२, नेकपा (माओवादी केन्द्र) ३८, सङ्घीय समाजवादी फोरम नेपाल आठ, नेपाल लोकतान्त्रिक फोरम छ, राप्रपा चार र राष्ट्रिय जनमोर्चाका दुई उम्मेदवार प्रमुख÷अध्यक्षमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा स्वतन्त्र तीन उम्मेदवार पनि प्रमुख-अध्यक्षमा विजयी भएका छन् । दोस्रो चरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाममध्ये प्रमुख-अध्यक्षमा एमालेले ४५.२ प्रतिशत, काँग्रेसले ३६.५ र माओवादी केन्द्रले ११.४ प्रतिशत पद जितेका छन् ।

उपप्रमुख एवम् उपाध्यक्षमा एमाले १७५, काँग्रेस १०४, माओवादी केन्द्र ३८, समाजवादी फोरम सात, लोकतान्त्रिक फोरम छ तथा जनमोर्चा र राप्रपाका दुई दुई उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।
दोस्रो चरणका ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन भएको छ । सो निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...