ओलीका नजरमा को-को नजाती,एमालेले टुकी बालेरै खोज्ने भो अन्तरघाती



स्थानीय तहको चुनाबमा कांग्रेसलाइ पछारेको एमालेले आफुलाई आफु भित्रै बाट पछार्नेको नालीबेली खोज्दैछ।अन्तरघातका कारण एमालेले आफ्ना केही पकड भुमी गुमाएको छ। स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा ल्याउँदा ल्याउँदै पनि सोचेअनुरुपको परिणाम अझै नआएको भन्दै एमालेले त्यसको जस अन्तरघातलाई दिएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली खुसी छैनन् ।उनले झापा पुगेरै त्यसको धुमधाम बिरोध गरे। झापामा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठक र जिल्ला सचिव मदन अधिकारीले समेत चुनाव हारे । त्यस्तै मेचीनगरमा एमालेका पुराना नेता विष्णु प्रसाईले चुनाव हारे । त्यहाँ अन्तरघातले काम गरेको ओलीको बुझाई छ।एमालेले १० जिल्ला अध्यक्षलाइ चुनाबी मैदानमा खटाएको थियो तर ५ जिल्ला अध्यक्ष नराम्ररी पराजित भए। झापा र मोरंगमै अध्यक्षले पराजित हुनु परे पछी त्यसले एमाले मर्माहत भएको छ।

 

झापा आन्दोलनको उर्भर भुमीमा थोरै सिटमा एमाले खुम्चन बाध्य भयो। ओलीको पहिचान झापा आन्दोलनले स्थापित गरेको थियो । सोही आन्दोलनको उद्गमस्थलमा एमाले किन पराजित भयो भनी ओली आक्रोशित बनेका छन् । अझ मेचीनगरको एमालेको किल्ला तोडीदा ओलीलाइ तोड पर्नु स्वाभाविक हो र त उनले झापा बाटै अन्तरघातीलाइ सनासो लगाउने उद्घोष गरे। चुनाब अघी बिरामी ओलीले एकै दिन झापाका ५ सभालाइ सम्बोधन गरेका थिए।

नेपाली कांग्रेसलाई पहिलो दल बन्नबाट रोक्ने पार्टीको रणनीति अनुरूप दोस्रो चरणको निर्वाचनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापामा दौडधुप बढाए । मृगौला प्रत्यारोपण पछि अस्वस्थ बनेका ओलीलाई चिकित्सकले धेरै धपेडी नगर्न सुझाव दिए पनि उनले आफ्नो व्यस्ततालाई कम गरेनन् ।

एकैदिन ५ वटासम्म चुनावी सभा र दर्जनौं भेला तथा बैठकमा ओली सहभागी भए । झापामा चुनावी प्रचारका क्रममा ओलीले दिन रात नभनी खटिएको भएता पनि आशा गरिए अनुरूप नतिजा आएन । ओलीको दौडधुप देखेर झापामा कांग्रेस नेतालाई आफूहरू खुम्चिने डर थियो ।

तर, नतिजा एमालेले सोचे अनुरूप आएन ।त्यहि धेरै मेहनत गर्दा त १५ तह रहेको झापामा एमालेले आधा पनि ल्याउन सकेन। उता मोरंगमा पनि उस्तै हालत भयो अझ दमक नजिकको गौरादहमा पनि एमाले बडारिन पुग्यो। संसाद दिपक कार्की,पूर्व मंत्री अग्नि खरेल केन्द्रिय सदस्य हिक्मत कार्कीकै गाउमा एमाले पराजित बनेपछि ओली अझ क्रुद्व बनेका हुन्।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय