कर्मचारी भन्दै ठमेलका युवती चाइनामा डुलाउने, पैसाको बिटो खाएर अझै कति झुलाउने?



पैसा दिए महानगरका कर्मचारीले के सम्म गर्दैनन् भन्ने गहकिला उदाहरण प्रसस्तै छन। अझ त्यहाका खन्चुवा ज्ञानेन्द्र कार्कीका कारण नेपालमा मात्र होइन बिदेशमा समेत बेइजत्ति भएको छन् । महानगरका कर्मचारी बनाएर कागज मिलाउदै ठमेलका युवतीलाई चाइना शयर गराउने कार्की र हरि कुँवर हरुको हालीमुहाली अझ सम्म रोकिएको छैन। मेयर बिद्या सुन्दर शाक्यलाई अनेक गरेर फकाउने कार्कीलाई अख्तियारले पाता नकसे सम्म महानगर दुषित भैरहने त्यहीका कर्मचारी बताउछन्।

महानगरको प्रशासन कतिसम्म नालायक र भ्रष्ट छ भन्ने उदाहरण तस्बिरमा देखिएको घरनिर्माणले देखाइरहेको छ । कार्की र कुँवरकै सेटिंगमा उक्त घरको नक्शा पास भएको सबुत फेला परेको छ र पनि मेयर शाक्य यी दुस्ट दुइ भाइ लाइ सनासो लगाउनुको साटो ज्वाईलाइ झैँ सम्मान दिएर फुरुक्क छन्। खंचुवाका सरदार यी दुइ बाहेक महानगर चल्ने नसक्ने भान पार्ने मेयरको ब्यबहारले उनलाई जिताएका जनता प्रश्न गर्न थालेका छन्।

सेटिङ मिलाएर नक्सा पास भएको यो घर बनाउने अनुमति दिने महानगरको मेयर बनेका विद्यासुन्दर शाक्यले यो नक्सा कसले बनायो, को को मिलेर पास गरे, त्यति जानकारी लिएर तिनलाई कारवाही गर्न सके भने विद्यासुन्दर शाक्यको कामको सुरुआत राम्रो भयो भन्न सकिने छ । तर त्यो सबै थाहा पाएका मेयरले उक्त धन्धा चलाउने लाइ सम्मान गरिरहेका छन् ।

यतिसम्मको खेलाँची ? विद्या सुन्दर शाक्य निर्वाचित भएर बहाली भएपछि भगवतीबहाल, नक्सालमा होटल हिल्टन काण्ड मच्चियो । त्यहाँ पनि महानगरका पूर्वशासकहरुले घुस खाएर अनियमितता गरेका थिए ।
शंकर समूह भन्दै हिडेको छ, २ करोड खान दिएकै हो, केको कारवाही ? २ करोड खाने महानगरका इन्जिनियर, प्रशासक को के हुन्, तिनलाई सार्वजनिक गर्ने हिम्मत नगरपिताले गर्नसक्नुपर्छ ।
अन्यथा सूर्य चिन्ह लिएर चुनाव जित्नु भनेको कांग्रेसलाई हराउनुमात्रैमा सिमित हुनेछ । जनताले जित्नुपर्छ, जनताले जितेको हो भने महानगरका भ्रष्टहरुलाई नंग्याउन सक्नुपर्छ र सुशासनको झल्का दिन सक्नुपर्छ ।

उही सपना बाँड्ने, उही ठूला कुरा गर्ने, महानगरकलाई स्वर्ग बनाउँछु भन्ने, काम चाहिं भुटि भाङ पोले पिडालु गर्ने हो भने विद्या सुन्दर शाक्य आउनु र नआउनुमा के भिन्नता रह्यो र ? हो यहि भन्दै शाक्यको खेदो खन्ने काम सुरु भएको छ अहिले । कार्की र कुँवरलाई पाता नकसी छाड्दा शाक्यले महानगरबासीको गालि मात्र खानु पर्ने एकजना वडा अध्यक्षले हाम्रो इकोनोमी संगको कुराकानीमा सुनाए।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय