शिक्षा सुधारको माग गर्दै रिले अनशन



राजविराज । सप्तरी जिल्लाको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानको माग गर्दै राजविराजस्थित गजेन्द्रचोकमा विद्यार्थीले जारी राखेको रिले अनशन सोमबार तेश्रो दिन पनि जारी रह्यो ।

चौधबुँदे मागसहित गुराँस बाल क्लबको अगुवाइमा सुरु गरिएको रिले अनशन जारी रहेको क्लबका अध्यक्ष मो जकउल्लाहले बताउनुभयो ।

शैक्षिक क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्न यसअघि जेठ २५ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ज्ञापनपत्र पठाउँदा हालसम्म कुनै सुनुवाइ नभएकाले बाध्य भएर आफूहरु अनशनमा बसेको अध्यक्ष जकउल्लाहले जानकारी दिनुभयो ।

कुनै पनि बन्द, हडतालमा विद्यालय एक दिनको लागि पनि बन्द नहुने गरी पूर्णरुपमा शान्ति क्षेत्र घोषणा गर्नुपर्ने, देशभरिकै शिक्षकको शैक्षिक प्रमाणपत्र चेकजाँच हुनुपर्ने र नक्कली पाएमा सख्त कार्बाही गर्नुपर्ने, कक्षा १२ सम्मको रजिस्ट्रेसन फर्म, परीक्षा फर्म र प्राक्टिकल फर्म निःशुल्क हुनुपर्ने तथा एक कक्षा उत्तीर्ण गरी अर्को कक्षामा जान पुनः भर्नाको शुल्क नलाग्नुुपर्ने लगायतका माग अघि सार्दै उनीहरु रिले अनशन बसेका छन् ।

त्यस्तै, पाठ्यपुस्तक समयमै उपलब्ध गराउनु पर्ने, पाठ्यपुस्तकको मनपरि मूल्य नियन्त्रण गर्नुपर्ने, बन्द हडतालबाट विद्यालयलाई अलग गरेर राख्नुपर्ने, रजिस्ट्रेसन र परीक्षा शुल्क हटाउनुपर्ने, मदरसालाई अन्य सरकारी विद्यालयसरह सेवासुविधा उपलब्ध गराउनु पर्ने मागसमेत राखेका छन् ।

यसैबीच विद्यार्थीको रिले अनशनमा एक दर्जनभन्दा बढी संघसंस्थाले ऐक्यबद्धतासमेत जनाएको बताइएको छ । रिले अनशनबाट पनि माग पूरा नभए दोस्रो चरणको थप आन्दोलन गर्ने अध्यक्ष जकउल्लाहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

क्यान्सर पुरुषभन्दा महिलामा बढी

  चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आउने नयाँ बिरामीहरुमध्ये

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ