राजपा र एमालेले पार्क भिलेजमा के पकाए ? बालुवाटारमा एमालेलाई ककस्ले फकाए ?



एमालेले संविधान संशोधन असफल पार्ने निर्णय गरेलगत्तै सत्तारुढ प्रमुख तीन दलबीच आज छलफल हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा हुन लागेको छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू सहभागी भएका छन् ।

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन मुख्य तीन दलबिच छलफल हुन लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सत्तारुढ कांग्रेस र माओवादीले आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको मागअनुसार संविधान संशोधन पारित गर्न चाहे पनि एमाले संविधान संशोधनको विपक्षमा छ ।

एमालेको सोमबार सम्पन्न स्थायी समिति बैठकले संविधान संशोधन असफल पार्ने निर्णय गरेको थियो । त्यसलगत्तै प्रधानमन्त्रीले संशोधनमा एमालेलाई पनि मनाउन तीन दलको बैठक बोलाएका हुन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे राजापा, राप्रपालगायतका दलसँग छलफल गरिसकेका छन् ।
एमाले र राजपाका दोस्रो तहका नेताहरूबीच बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा दुई दिन एक रात संविधान संशोधनका विषयमा सहमति जुटाउन छलफल भएको थियो । तर, त्यसबारे अहिलेसम्म कुनै जानकारी राजापा र एमालेका नेताहरूले दिएका छैनन् ।
देउवा संविधान संशोधनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने र निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउने तयारीमा छन् । निर्वाचन आयोगले साउन १५ गतेदेखि निर्वाचन क्षेत्र निर्धारण गरिसक्न सरकारलाई भनेको छ । तर सरकारले अहिलेसम्म आयोग बनाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको