राताम्मे भयो सेयर बजार, ६९ करोड ३५ लाखको कारोबार



हाम्रो इकोनोमि

काठमाण्डौं । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट सेयर बजार राताम्मे भएको छ । सोमबार नेप्से सूचक ८.९३ अंकले तल झरेर १५७५.२२ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.५६ प्रतिशतले तल झरेको हो । सूचक झर्दा पनि कारोबार रकम भने उत्साहप्रद नै छ ।

कुल १५० कम्पनीको ६९ करोड ३५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कुल २८ लाख ६५ हजार ९२ कित्ता सेयर कारोबार भएको छ । उत्पादनमूलकबाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् ।

उत्पादनमूलकमा भने ५५.७५ अंकको वृद्धि देखिएको छ । उता, सबैभन्दा धेरै बिमा सूचक भने ५९.६३ अंकले घटेको छ । यसैगरी, वाणिज्य बैंक समूहको सूचक पनि ८.७५ अंकले ओरालो लागेको छ ।

कारोबार रकममा सोल्टी होटेलले अग्रता लिएको छ । यो कम्पनीको ७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र सेन्चुरी कमर्सियल बैंक परेका छन् । सेन्चुरीको मंगलबार बुक क्लोज भएकाले ४० प्रतिशत हकप्रद सुरक्षित गर्न पनि सेयर कारोबार बढेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...

१३ शाखामा नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार

  नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ ।...

आजका विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...