घुस्याहा पुलिसलाई हेडक्वाटरमै सबक!प्रहरी प्रमुखका नाती,देखाई दिए फराकिलो छाती



कामै नगरी राज्यको पैसा कागज मिलाएर खाने ठाउमा अझ नक्कली म्यादी प्रहरी भर्ती गरेर उनीहरुको तलब हसुर्ने प्रहरीका हाकिमलाई एक जना म्यादी प्रहरीले सबक सिकाई दिएका छन्। उनले लोभ नराखी कसरि छाती फराकिलो पार्नु पर्छ भन्ने उदाहरण पेश गरेका छन्।

नेपाल प्रहरीका पूर्व आइजिपी खड्गजित बरालको नाति पुजनले म्यादी प्रहरीमा रहँदा पाएको तलब भत्ता केन्द्रिय प्रहरी गुठीमा जम्मा गरेका छन । सोमबार उनले म्यादी प्रहरीबाट पाएको सबै तलब ७८ हजार ८ सय ६३ रुपैयाँ केन्द्रिय प्रहरी गुठीमा जम्मा गरेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले बताए। पुजनले म्यादीमा भर्ना भइसकेपछि कुनै न कुनै सामाजिक संस्थालार्इ सहयोग गर्छु भन्‍ने सोचेको थिए । यस गुठीले द्वन्दकालमा ज्यान गुमाएका तथा अंगभंग भएका प्रहरीका परिवारजनलार्इ सहयोग गर्दै आएको छ। स्थानीय निकायको चुनावको उनी काठमाडौंबाट म्यादी प्रहरीमा भर्ती भएका थिए। पुजनले प्रहरी प्रधान कार्यालयमा सोमबार दिउँसो आफूले पाएको तलब प्रहरी कोषमा नै जम्मा गर्न लागेका हुन्।उनका बाबुआमा दुवै जना डाक्टर हुन् । बाबु डा. रञ्जित बराल बल्खुस्थित बयोधा अस्पतालमा मुटु रोग र आमा प्रा.डा ज्योति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रशूति तथा स्त्री रोग विशेषज्ञका रुपमा कार्यरत छन्।

स्थानीय निकायको पहिलो चरणको चुनावमा उनी काठमाडौंबाट म्यादी प्रहरीमा भर्ती भएका थिए। महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट मतदान केन्द्रमा खटिएका पुजन निकै अनुशासित, कर्तव्यनिष्ठ र लगनशिल रहेर कर्तव्य निर्वाह गरेको महाराजगञ्‍ज वृत्तका प्रमुख नायव उपरीक्षक गोविन्द पुरीले बताए । उनले भने, ‘ सम्भ्रान्त परिवारबाट आए पनि उनको बोली र व्यहारमा त्यस्तो कहिल्यै देखिएन । उनले म्यादी बनेर आफूले मातृभूमि र नेपाल आमालाई चिन्‍न पाएको बताउँदै भने, ‘मलाई हजुबुबाले मातृभूमि र नेपाल आमालाई चिन्नुपर्छ बाबु भनेर यहाँ पठाउनु भएको हो, मैले निकै महत्वपूर्ण शिक्षा यहाँ सिकेको छु ।’

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय