प्रधानमन्त्री कार्यालय भन्छ- गोपीनाथ मैनाली निर्वाचन आयोगकै सचिब हुन्



हाम्रो इकोनोमि

प्रबिधीको बिकाशले विश्वलाई साघुरो घेरामा कैद गरिदिएको छ। कुनै पनि जानकारी लिन अचेल सम्बन्धित निकायको आधिकारिक वेबपेजमा जादा पाइन्छ तर नेपालका सन्दर्भमा भने यो लागु नहुने भएको छ। मुलुक चलाउने प्रधानमन्त्री कार्यालय आफैं बेसहारा बनेको छ ।

 

आधुनिक र प्रविधिको युगमा मन्त्रिपरिषद् कार्यालयको वेबसाइट वैशाखदेखि अपडेट छैन । मन्त्रिपरिषद्का निर्णयहरु वैशाख महिनादेखि अपडेट गरिएको छैन, जसले गर्दा सेवाग्राही सूचना प्राप्तिबाट बञ्चित बनेका छन् । त्यति मात्र होइन निर्वाचन आयोग बाट सरुवा गरिएका सचिब गोपीनाथ मैनाली प्रधानमन्त्री कार्यालयको वेबसाइटका अनुसार त्यहीका सचिब छन्’। नेपाल सरकारका सचिब शिर्षकको सुचिमा ५१ नम्बरमा उनको नाम छ र त्यहाँ उनलाई निर्वाचन आयोगका सचिवका रुपमा चिनाएको छ। हेर्दा सामान्य भएपनि राज्यका सुचना बाहिर देशकाले लिनु पर्दा असहज र गलत हुन्छ।

कार्यालयको यस्तो हालत हुँदा मन्त्रिपरिषद् कार्यालयका सचिव भने विदेश भ्रमणमा सयर गरिरहेका छन् । आफ्नै कार्यालयको कामकारबाही चुस्त दुरुस्त राख्न नसकेको मन्त्रिपरिषद् कार्यालयले अन्य मन्त्रालय तथा कार्यालयहरुको निगरानी कसरी गर्ला ? आम जनताको जिज्ञासा रहेको छ । यसप्रति प्रधानमन्त्री देउवा तथा अन्य मन्त्रीहरुको पनि ध्यान गएको देखिँदैन भने देउवाको सचिवालय निष्क्रिय रहेको देखिन्छ ।
मुलुकभर भइरहेका गतिविधिको तत्कालै अपडेट रहनु पर्ने मन्त्रिपरिषद् कार्यालयको यो अस्तव्यस्तताप्रति कार्यालयका अधिकारी नै अनविज्ञ छन् ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...