धरानमा ताराको राप, केपी ओलीले ककसलाई मार्दै छन् धाप ?



धरानमा एमालेका मेयर तारा सुब्बाले जित्ने पक्का भएको छ। आइतबार झापाको बिजय सभालाई सम्बोधन गरेका केपी ओलीले धर्न पुगेर त्यहाका घाम छापका बिजयीलाइ सम्मान गर्ने सम्भावना रहेको एमालेले बताएको छ। झापामा एमाले हराउन एमालेनै लागेर घात गरेको र तिनीहरुलाई कारबाही गर्ने घोषणा गरेका ओलीले धरान पुगेर बिजेतालाइ धाप मार्ने, त्यसो नभए सबैलाई काठमाडौँ बोलाएरै सम्मान गर्ने सुर बनाएका छन् ।

 

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भएका ३३४ तहमध्ये अब सुनसरीको धरान उपमहानगरपालिकाको मतपरिणाम मात्र आउन बाँकी भएको छ । एक मात्र उक्त क्षेत्रमा नेकपा एमालेले अग्रतालाई कायमै राखेको छ ।

एमालेका मेयर उम्मेदवार तारा सुब्बाले पछिल्लो मतपरिणाम अनुसार १५ हजार ४ सय ९६ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली काँग्रेसका उम्मेदवारले पछ्याइरहेका छन् ।
कांग्रेसका प्रतिस्पर्धी तिलक राईले १२ हजार २ सय ४ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा एमालेकी मन्जु भण्डारी १५ हजार ३ सय ९१ मतसहित अग्रस्थानमा छिन् भने उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी श्यामा रेग्मीले १२ हजार १ मत ल्याएर पछ्याइरहेकी छिन् ।
यता, ३३४ तहमध्ये ३३३ तहमा एमालेले १५० तह जितेको छ । दोस्रो तहमा १५१ तहमा एमाले विजयी हुने निश्चितजस्तै भएको छ । त्यस्तै काँग्रेसले १२२ तह जितेको छ । तेस्रो स्थानको नेकपा माओवादी केन्द ३८ तह जितमै सिमित भएको छ ।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको