गुठीमा पाठीको पुच्छर काटी बोकालाई सजिलो, ए अख्तियार प्रमुख यिनलाई कारबाही गर्न किन ढिलो ?



लामो समय भूमिसुधार मन्त्रालयमा बसेर तीन पुस्तालाई पुग्ने गरि अकुत सम्पती थुपारेका नारायण चौधरी २ बर्ष यता बाट गुठी सस्थानको हाकिम बनेका छन्। सहसचिब बाट सेवा निवृत्त उनि गुठी संस्थानको प्रसाशक त्यो पनि प्रमुखकै रुपमा रहेर अरु ३ पुस्तालाइ पुग्ने सम्पती थुपार्न उनले अनेक जुक्ती लगाएका छन्। चाकडी गर्न र पावर सेन्टर लाइ खुसि पार्न उनले जे पनि गर्न जानेका छन् । हो यिनै सिपालु चौधरीले डो चलाखीपूर्ण तरिकाले धुनषाको ५१ बिगाह जग्गा गजेन्द्रनारायण प्रतिष्ठानलाई सय वर्षका लागि लिजमा दिलाइदिएका छन् । त्यस बाहेक जानकी र अन्य गुठीका जग्गाहरु दलालहरुसँग मिलेर चमेना गर्न पनि चौधरीको खेलो चलिरहेको छ ।

एमालेको कोटाबाट अध्यक्ष बनेका लक्ष्मणराज ज्ञवाली अक्सर पश्चिमतिरै लागिरहन्छन् । उनको घर उतै हो र उनलाई गुठी संस्थानको खासै जानकारी छैन पनि । पाठीको पुच्छर काटी बोकालाई सजिलो भनेझै भएका बेला उनले सबै काम तमाम गर्न लागेका छन् । भूमाफिया संगको हिम्चिमका कारण चौधरीले देश भरका गुठीका जग्गा सखाप पार्न लागेका छन्।

उनको कार्यालय समय सुरु हुन्छ गुठीका दलालहरुसँगको मिटिङबाट र जतिबेला भेट्न गए पनि उनी दलालहरुसँगै रमाइरहेका हुन्छन् । कार्यालयका कर्मचारीहरुले समेत उनलाई भन्नासाथ भेट्न पाउँदैनन् ।
देशभरि गुठीका जग्गा कति छन्, सबै इतिबृतान्त उनको मोवाइलमा कैद गरिएका छन् । जग्गा दलालहरुसँग हिमचिम बढाएर अध्यक्षलाई लोलोपोतो पारेर सही गराउने र हुने नहुने काम गर्ने गरिरहेका छन् । विचरा अध्यक्ष हेरेको हे¥यै, चौधरी मालामाल । फसे भने अध्यक्षलाई फसाउने काम गरिरहेका छन् चौधरीले ।यतिमात्र होइन, अख्तियारले छापा मार्ने बेलामा गुठी संस्थानलाई चारखालबाट नेपाल आँखा अस्पतालको कम्पाउण्डमा सारेर चौधरीले धेरै फाइल हराएको रिपोर्टसमेत तैयार पारेका छन् ।र, हुनै नसक्ने जग्गाहरु दर्ता गर्न सिफारिस दिएर गुठी संस्थानलाई चौधरीले चाँदी कटाई गर्ने थलो बनाइदिएका छन् ।
कसैलाई नटेर्ने स्वभावका चौधरीले अध्यक्षसहितका सञ्चालकहरुलाई कुन दिन जेल हाल्ने हुन् भन्छन् संस्थानकै एक अधिकारी । हुन् पनि उनले सबैलाइ सखाप पार्ने गरि काम गरेका छन्।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय