सेनाको यस्तो खेल,जनता माथी कि राज्य माथी हो झाल्झेल ?



एक वर्षअघि मात्र सञ्चार मन्त्रालयले सेनालाई छुट्टै एफएम सञ्चालन गर्न फ्रिक्वेन्सी लाइसेन्स दिएको थियो । सेनाले दिपायलमा एफएम स्टेसन स्थापना गरी परीक्षण प्रसारण गर्दै आएको छ ।नेपाली सेनाले एफएम सञ्चालनको स्वीकृति पाएपछि यो विषय अहिले विवादमा परेको छ ।
राज्यका अन्य सञ्चारमाध्यमप्रति विश्वास नलागी सेनाले निजी एफएम खोल्न लागेको भन्दै नेपाली सेनाको आलोचना सुरु भएको छो । सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले भने नेपाल प्रहरीलाई ‘मेट्र एफएम’ चलाउन दिएको शैलीमै नेपाली सेनालाई एफएम सञ्चालनको लाइसेन्स दिएको बताएका छन् ।

तर, नेपाली सेनाले पछिल्लो समय व्यावसायिकतालाई प्राथमिकता दिँदै आएकाले आमजनमानसमा चिन्ता उत्पन्न भएको छ । सार्क सदस्य राष्ट्र पाकिस्तानीको सेनाले बैंकिङ, चिनीमिल, रासायनिक मल जस्ता व्यवसायमा हात हालेको शैलीमा नेपाली सेना पनि त्यसतर्फ अघि बढेको बुझ्न सकिन्छ ।
पछिल्लो समय नेपाली सेनाले आफ्नो कल्याणकारी कोषमा जम्मा भएको ३७ अर्ब रुपैयाँबाट हाइड्रो, पेट्रोलपम्प, मिनिरल वाटर, मेडिकल कलेज सञ्चालन गर्दै आएको छ । यस्तै, विकासका कामको जिम्मा सरकारले नेपाली सेनालाई दिँदै आएको छ । मुलुकका ठूल्ठूला सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले नै पाउँदै आएको छ । हालै सरकारले काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणको जिम्मा दिएको छ ।
अब सञ्चारमाध्यम पनि सञ्चालन गर्न दिने निर्णयसँगै नागरिकको सर्वोच्चता गुम्ने खतरा उत्पन्न भएको भन्दै नेपाली सेना विवादमा तानिएको हो ।

सैनिक स्रोतले भने नेपाल प्रहरीले ट्राफिक गतिविधिबारे जानकारी दिन मेट्रो एफएम चलाए जस्तै आफ्ना दैनिक गतिविधिबारे जनतालाई सूचना दिन एफएम सञ्चालन गर्न लागेको जनाएको छ । सेनाले शान्ति, दैवीप्रकोप र उद्धारलगायतका घटनाबारे जानकारी दिन एफएम सञ्चालन गर्न लागेको जनाएको छ ।
विगत लामो समयदेखि नेपाली सेनाले रेडियो नेपालमा हरेक साता एक दिा १५ मिनेटको रेडियो नेपालमा ‘सैनिक कार्यक्रम’ चलाउँदै आएको थियो । यस्तै, नेपाल टेलिभिजनमा समय किनेर नेपाली सेनाले एउटा कार्यक्रम चलाउने गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु