मौद्रिक नीति सार्वजनिक भएको दिन बढ्यो सेयर बजार, १ अर्ब बढीको कारोबार !



हाम्रो इकोनोमि

काठमाण्डौं । आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक भएकै दिन १ अर्ब १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकम अघिल्ला दिनका तुलनामा निकै धेरै हो। यसअघि बिहीबार ७६ करोडको कारोबार भएको थियो भने बुधबार जम्मा ४८ करोडको सेयर खरिदबिक्री भएको थियो।

कारोबारको सुरुवाती समयमा करिब २२ अंक बढेको बजार मौद्रिक नीति सार्बजनिक भए पछी २० अंकले घटेको थियो। पछी दुई अंकले बढेर १५८४ अंकमा कायम भएको छ। बैंकिङ र फाइनान्सबाहेक सबै समूह ओर्लिएका छन्। बैंकिङ ८ अंकले बढ्यो भने फाइनान्स समूह २ अंकले बढ्यो। होटल २८, विकास बैंक ११, जलविद्युत ८, बिमा २१, उत्पादन १२ र अन्य समूह १ अंकले घटे।

नेपाल लाइफ इन्स्योरेन्स कारोबारका आधारमा अग्रस्थानमा रह्यो। सो कम्पनीको ९ करोड २७ लाखको सेयर किनबेच हुँदा एनसीसी बै।कको ४ करोड ५२ लाखको कारोबार भयो। एभरेष्ट इन्स्योरेन्स, सानिमा बैंक र स्टान्डर्ड चार्टड पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

फरवार्ड माइक्रोफाइनान्स र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाए। गुमाउनेमा लघुवित्त कम्पनीहरु अगाडि रहे। अघिल्ला दिनसम्म मौद्रिक नीतिमार्फत लघुवित्त कम्पनीको चुक्ता पुँजी बढाइने हल्ला चलाइएका बेला मौद्रिक नीतिले सोअनुरुप पुँजी नबढाएपछि ति कम्पनीहरुको मूल्य बढी घटेको हो।

वमी माइक्रोफाइनान्स र मेरो माइक्रोफाइनान्सका लगानीकर्ता गुमाउनेमा अगाडि रहे। ति कम्पनीको मूल्य ५ प्रतिशत बढीले घट्यो। विजय लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स र रुरल माइक्रोफाइनान्सका लगानीकर्ता पनि गुमाउनेमा अगाडि रहे।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...