मोबाइल किन्ने निर्णय गरेका मेयरले २५ अर्बको बजेट ल्याउने



काठमाडौं महानगरपालिकाले आगामी ३० गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछ ।आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा ४ गुणा बढी बनाउने तयारी भईरहेको छ । महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटको लागि चलिरहेको छलफलमा सबै कार्यक्रमहरु जोड्दा २५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी भईरहेको महानगरपालिका स्रोतले जनाएको छ ।

महानगरपालिकाका सहायक प्रवक्ता नमराज ढकालले आगामी आर्थिक वर्षको लागि १५ देखि २० अर्बको हाराहारीमा बजेट ल्याउने तयारी भईरहेको बताए । यो विषयमा कस्ता विषयहरु समेट्ने भन्ने विषयमा छलफल चलिरहेको भन्दै ढकालले बजेट तयार भईनसकेकोले कुन्कुन् विषयमा कति बजेट आउँदैछ भन्ने कुरा यकीन गर्न नसकिने स्पष्ट पारे ।

तर, महानगरपालिका उच्च स्रोतका अनुसार यो वर्षको सबै कार्यक्रमहरु जोड्दै जाँदा बजेट २५ अर्बसम्म पुग्ने अनुमान गरिएको छ । ‘जनप्रतिनिधि आएपछि २५ अर्बको त काम अवश्य पनि हुन्छ नि’ स्रोतले भन्यो ‘२० वर्षपछि धेरै विकासे कामहरुसहितको बजेट आउँदैछ ।’

महानगरपालिकालाई वित्तीय समानीकरण अन्तर्गत् यो वर्ष १ अर्ब ८४ करोड रुपैयाँको बजेट केन्द्रीय सरकारबाट आउने भएको छ । त्यस्तै, अहिलेको वर्ष महानगरपालिकाको आन्तरिक स्रोतबाट लगभग १ अर्ब ७० करोडसम्म उठाउने अनुमान गरिएको छ । यो बजेट बढाउनको लागि भवन निर्माण प्रमाणीकरण सम्बन्धि नीति ल्याईयो भने केही हदसम्म यसको बजेट बढ्ने सम्भावना रहेको छ । यदी त्यो नीति ल्याउन सकेको खण्डमा २ अर्ब ५० करोडको हाराहारीमा बजेट बनाउन सकिने आकलन महानगरपालिकाको छ ।

यसरी आन्तरिक स्रोत र केन्द्रीय सरकारको अनुदानबाट प्राप्त रकम बाहेक पनि सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत्का कार्यक्रमबाट सम्पन्न कामहरु पनि यही बजेटमा समेटिने गरेको छ । काठमाडौं महानगरपालिकाको कार्यक्षेत्रभित्र पर्ने ठाउँमा राखिएको ढल, खानेपानी तथा मोटरबाटोहरुमा सम्बन्धित निकायले काम गरिरहेको भएपनि त्यसमा महानगरपालिकाको समेत प्रत्यक्ष संलग्नता हुने भएकोले यस्ता कामहरुलाई पनि बजेटमा समेटिने गरिन्छ ।

जस्तै, केयूकेएल अन्तर्गत् काठमाडौंका सडकहरुमा ढल हाल्ने काम भईरहेको छ । त्यो काम देख्दा काठमाडौं उपत्यका खानेपानी लिमिटेडको काम जस्तो देखिएपनि त्यसमा काठमाडौं महानगरपालिकाको समेत सेयर रहेकोले यस्ता कामहरु समेत बजेटमा उल्लेख गर्ने गरिन्छ ।

त्यस्तै, यस बाहेक पनि निजी क्षेत्रको सहभागीतामा गरिने लगानीको कार्यक्रम, एनजीओ र आईएनजीओले सञ्चालन गर्ने विभिन्न किसिमका कार्यक्रमहरु सार्वजनिक तथा निजी क्षेत्रबीचको सहकार्यमा गरिने लगानी, नेपाल सरकारले कामको आधारमा थपगरी दिने कार्यक्रम र यतिले पनि नपुगे ऋणको माध्यमबाट बजेटको परिपूर्ति गरिन्छ । यसरी सबै कामहरुको योग हेर्दा यो वर्ष २५ अर्बको हाराहारीमा बजेट बन्ने सम्भावना रहेको महानगरपालिकाको उच्च स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम