‘आफ्नै कमजोरीले काँग्रेस दोस्रो’



हाम्रो इकोनोमि

नगरकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले पहिलो र दोस्रो स्थानीय निर्वाचनमा आफ्नै कमजोरीका कारण नेपाली काँग्रेस दोस्रो भएको बताउनुभएको छ ।

शहीद भरतगोपाल झाको ७८ औंँ जन्मजयन्ती तथा उहाँको कारागार दैनिकी ‘उही झा’ नामक पुस्तकको आज लोकार्पण गर्दै नेता डा महतले पार्टीभित्रको अन्तरद्वन्द्वलाई सम्हाल्न नसक्दा आफ्नो पार्टी दोस्रो भएको र आगामी दिनमा पनि यस्तो कमजोरी रहिरहेमा पार्टीलाई ठूलो धक्का पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय निर्वाचनमा हामी दोस्रो भयौँं होला तर आफ्नो जिम्मेवारी र कर्तव्यबाट भने हामी कहिले पनि विमुख हुनेछैनौँ । ”

कार्यक्रममा सभासद् रामेश्वरप्रसाद ढुङ्गेल, पूर्व जिल्ला सभापति तिलक कायस्थ, रामबहादुर ठकुरीलगायतले स्व झाको सम्झना गर्दै उहाँको योगदानका विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा स्व झाकी धर्मपत्नी शारदा, पार्टी जिल्ला सभापति दुर्लभ थापा, क्षेत्रीय सभापति जीवन खत्री, नारायण खायमली, काँग्रेसका नेता तथा झाका मित्र गोविन्द जोशी, थिमी नगरपालिका उपप्रमुख अञ्जना मधिकर्मी, नेत्री रजनी जोन्छेलगायतले झालाई सरकारले नै शहीद घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...