प्रधानमन्त्री ज्यू,श्रीमतीलाइ साडी,राष्ट्रपतिलाइ गाडी दिने,बाढिपीडितका लागी खोई राडी ?



हाम्रो इकोनोमि

यतिबेला राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसँग १६ करोड मागेको खबर बाहिर आएको छ ।
तराईका विभिन्न जिल्लामा बाढि पसेको छ । डुवानका कारण धेरै बाढिपीडित बनेका छन् । उनीहरुले राहत पाएका छैनन । दुर दराजका सुत्केरी पैसा नपाएर जीवन त्याग्न बाध्य छन्।

यो बिचमा सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ हालै उपलब्ध गराए पनि राष्ट्रपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रालयसँग थप १२ करोड रुपैयाँको माग गरेको हो ।
राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो । सेनाको प्रारम्भिक अनुमान अनुसार राष्ट्रपतिको सवारीका लागि गाडी किन्न १६ करोड रुपैयाँ चाहिन्छ ।
सेनाले केही कार उत्पादन गर्ने कम्पनीसँग गरेको प्रारिम्भक छलफलका आधारमा यो निष्कर्ष निकालेको बताइएको छ । यसरी जनता पीडामा पर्दा राहत नपाउने राष्ट्रपतीले भने चैन गर्न पाउने यो गलत भएको जानकारहरु बताउछन । र यसको दमदार बिरोध पनि भएको छ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...