संविधान संसोधन गराउन देउवा सक्रिय, को-को संग गरे छलफल ?



संविधान संसोधन प्रक्रियालाई अघि बढाउने सम्बन्धमा सरकारले राजनीतिक पहल सुरु गरेको छ।
व्यवस्थापिका संसदमा छलफलका क्रममा रहेको संविधान संसोधन विधेयकलाई दुई तिहाई बहुमतबाट पारित गराउन सहमति खोज्ने प्रयासमा प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले राजनीतिक छलफललाई अघि बढाएका हुन्।

सत्तारुढ दलले शनिबार बिहान राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासंग संविधान संसोधन विधेयकमा सहमति जनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेसी, जनजाती, आदिवासी लगायतको माग सम्बोधन गरी संविधानको स्वीकार्यता बढाउदै राष्ट्रिय जनता पार्टीलाई तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी गराउनका लागि संविधान संसोधन आवश्यक रहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए।

राप्रपाले भने संविधान संसोधन विधेयकमा सहमति जनाउने÷नजनाउने सम्बन्धमा पार्टीमा छलफल गरेर मात्रै निर्णय गर्ने प्रतिक्रिया दिएको छ।

साथै छलफलमा सत्तारुढ दलले राप्रपालाई सरकारमा सहभागिताका लागि पनि आग्रह गरेका छन्। छलफलमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र वरिष्ठ नेता पशुपति शमसेर जबरा सहभागी थिए।

राप्रपासँगको छलफल पश्चात आइतबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले आइतबार प्रमुख विपक्षी दलका नेतासँग पनि छलफल गने कायक्रम रहेको छ।

संविधान संसोधन विधेयकलाई अघि बढाउने विषयमा नै सत्तारुढ दलले शुक्रबार सांझ राष्ट्रिय जनता पार्टीका नेताहरुसंग पनि छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय