मोतीयाविन्दुको शल्यक्रिया इवामुरा मेमोरियल अस्पताल भक्तपुरबाट



भक्तपुर । सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालले आँखामा हुने मोतियाविन्दुको शल्यक्रियासहितको उपचार सेवा सुरु गरेको छ ।

लायन्स क्लब डिस्ट्रिक ३२५ ए¬–२ का सहयोगमा अस्पतालले लायन्स आइ केयर एन्ड डाइबेटिज केयर सेन्टर नै सञ्चालन गरेर सेवा सुरु गरेको हो । भक्तपुरमा आँखा र मधुमेहका बिरामीको सङ्ख्या बढ्दै गएपछि यसको उपचारका लागि काठमाडौँका अस्पतालमा जानु नपरोस् भनेर स्थानीयस्तरमै सेवा लागिएको अस्पतालका निर्देशक रञ्जित मारिकुले जानकारी दिनुभयो ।

अस्पतालले सातै दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म न्यून शुल्कमा सेवा दिएको छ । आँखाको मोतियाविन्दुको समेत शल्यक्रिया त्यहीँबाट हुने भएपछि यहाँका बिरामीलाई सहज हुने तथा मधुमेहका बिरामीका लागि मधुमेहको परीक्षण र परामर्श दिने सेवासमेत सञ्चालन गरिएको छ ।

भक्तपुरलाई मधुमेह रोगमुक्त जिल्ला बनाउने उद्देश्यले सेवा सुरु गरिएको बताउँदै उहाँले भक्तपुरमा आँखा रोगको शल्यक्रिया जिल्लामै पहिलो पटक सञ्चालन गरिएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

क्यान्सर पुरुषभन्दा महिलामा बढी

  चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आउने नयाँ बिरामीहरुमध्ये

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ