देशैभर एमालेको जित,पाँच भाई जिल्ला अध्यक्ष भए पराजित



एमालेका पक्षमा जनलहर आइरहदा सोहि पार्टीका ५ जिल्ला अध्यक्षले पराजय हात पार्नु परेको छ। स्थानीय तहको दोश्रो चरणको चुनाबमा १० वटा जिल्लाका अध्यक्षहरुले स्थानीय तहमा उम्मेदवारी दिएकोमा ५ वटा स्थानीय तहका उम्मेदवारहरुले मात्रै चुनाव जितेका छन्।

नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठक बुद्धशान्ति गाउँपालिकाको प्रमुखमा उठेका थिए । उनी त्यहाँ नेपाली काँग्रेसका उम्मेदवारसँग पराजीत भएका छन् । नेपाली काँग्रेसका रमेश भुजेल पाठकलाई ६४३ मतले पछाडि पार्दै गाउँपालिका अध्यक्ष बनेका हुन् । भुजेलले ७ हजार ९ सय ९६ मत ल्याउँदा पाठकले ७ हजार ३ सय ५३ मत मात्रै ल्याए । नेकपा एमालेका मोरङका जिल्ला अध्यक्ष विनोद ढकाल नेकपा एमालेको तर्फबाट विराटनगर महानगरपालिकामा मेयरका उम्मेदवार बनेका थिए । उनी अहिले काँग्रेसका उम्मेदवारसँग भारी मतान्तरले पछाडि छन् घोषणा नगरिसकेको भएपनि एमालेहरुले नै विराटनगरमा अहिले हार स्वीकार गरिसकेको छ । दुई पटकसम्म जिल्ला अध्यक्ष बनेका ढकालको फोरम लोकतान्त्रिकसँग गठबन्धन थियो ।

उता पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले भने फिदिम नगरपालिकामा आफ्नो शाख जोगाउन सकेनन् । उनी नेपाली काँग्रेसका ओनाहाङ नेम्वाङसँग पराजीत भए । बर्दियाका अध्यक्ष हरिप्रसाद ज्ञवालीले गुलरिया नगरपालिकामा र प्युठानका अध्यक्ष तुलसीराम शर्माले प्युठान नगरपालिकामा पनि आफ्नो शाख जोगाउन सकेनन् । उनीहरु क्रमशस् नेपाली काँग्रेसका मुक्तिनाथ यादव र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुबाट पराजीत भएका हुन् ।

नेकपा एमालेले दिएको जानकारी अनुसार निर्वाचन हुँदै गरेका ३५ जिल्लामध्ये १० वटा जिल्लाका जिल्ला अध्यक्षहरुले विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका थिए । यसरी उम्मेदवारी दिइएका जिल्लाहरूमा भोजपुर, पाँचथर, झापा, मोरङ, सुनसरी, ओखलढुंगा, गुल्मी, बर्दिया, प्युठान र रूपन्देही रहेको एमालेले जनाएको छ ।

इटहरी उपमहानगरपालिकाको प्रमुखमा सुनसरीका जिल्ला अध्यक्ष द्वारिकलाल चौधरीले उम्मेदवारी दिए थिए । उनी विजयी बनेका छन् । त्यस्तै, ओखलढुंगाका अध्यक्ष मोहन श्रेष्ठ सिद्धिचरण नगरपालिकाको प्रमुख बने । उनले नेपाली काँग्रेसका डिल्लीराम खनाललाई पराजीत गराएका हुन् । त्यस्तै, भोजपुरका जिल्ला अध्यक्ष प्रेमकुमार राई हतुवागढी गाउँपालिकाको अध्यक्ष बने । उनले काँग्रेसका मदन खुलाललाई पराजीत गराएका हुन्। यस बाहेक पनि गुल्मीका अध्यक्ष मधुकृष्ण पन्थले छत्रकोट नगरपालिकाको प्रमुखमा र रूपन्देहीका अध्यक्ष शिवराज सुवेदीले बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा विजयी बनेर आफ्नो शाख जोगाएका छन् । अहिले सम्मको नतिजाले एमाले फराकिलो ढंगले पहिलो पार्टी बनिसकेको छन्।

 

प्रतिक्रिया दिनुहोस
ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट