यी हुन् महानगरमा मेयर बिद्यासुन्दरलाई फसाउने,बाहिर जाँड खाँदै युवती नचाउने



महानगरमा एकजना कर्मचारी छन्,अहिलेका अर्थमन्त्री संग नाम मिलेका। हो तिनै ज्ञानेन्द्र कार्कीका कारण केहि बर्ष यता बाट महानगर भ्रष्टको संजाल भित्र छिरेको हो। अहिले प्रवक्ताको भूमिकामा पनि रहेका कार्कीले आफु बाहेकका अरुलाई महानगरका बिषयमा बोल्न बन्देज लगाएका छन् । मिलाएर खानामा माहिर कार्की अरुलाई बजाएर फाइदा लिन माहिर छन्। जनप्रतिनिधी स्वागतका नाममा ७० लाख आफ्ना नाममा परिसकेका उनलाई महानगरका अर्का भ्रस्ट हरि कुँवर र खरिदका सुमन अधिकारीले भरपुर साथ दिदै आएका छन्। यी तिनै भाई अख्तियारको नजरमा परिसकेकोले चुडामणि शर्मा हुन मात्र बाकि रहेको श्रोतको भनाइ छन्।

प्रधानमन्त्री कार्यालयका हालका सचिब केदार बहादुर अधिकारी महानगरको कार्यकारी हुदा यिनै कार्कीले फसाईदिएका थिए। त्यहि काण्डले गर्दा अधिकारी २ बर्ष ढिलो सचिब भए। त्यति मात्र होइन महानगरको श्रोत बाट युवती लिएर चीन जानु, लाजिम्पाटमा महानगरकै पैसा बाट तरुनी च्यापेर रक्सि खानु कार्की कुँवर र अधिकारीको दैनिकी हो । तत्कालिन सचिब आनन्द पोखरेल लाइ कागजको बुझोले हाने गणेश राइ लाई युवती प्रयोग गरेर यिनै कार्कीले महानगर चलाएका थिए । अहिलेका मेयर बिध्या सुन्दरलाई त फनफनी नचाई दिन्छु उ मेरै मान्छे हो प्राबिधिक रुपमा पो उ मेयर जस्तो देखिएको त असली मेयर त मै हो भन्दै अरु कर्मचारी लाइ थर्काउने क्रम सुरु भएको श्रोतको भनाइ छ। हो यिनैले मेयर बिद्या सुन्दरलाई मोबाइल खरिद गर्ने निर्णय गर्न लगाएर बिबादमा तानेको।अनेक धन्दा चलाउने कार्कीका कारण धेरैको बदनाम भएको छ।

सुरापान र डनको उपमा पाएका काठमाडौं महानगरपालिकाका प्रशासन अधिकृत कार्कीका कारण महानगरपालिकामा २ दिन पहिले कार्कीकै कार्यकक्षमा ताण्डव नृत्य नै मच्चियो ।
मंगलबार दिउँसो प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीको कक्षमा आएका महानगरप्रहरीका दुई जना डिएसपीहरु राजुनाथ पाण्डे र दिनेश कुमार अर्यालको टोलीसँग लामै समयको कुराकानीपछि उनीहरुबीचको कुराकानी एकाएक भनाभनमा परिणत भएको थियो । कुरा विग्रिएपछि महानगरपालिका प्रशासन विभाग प्रमुख समेत रहेका कार्कीले दुई प्रहरी अधिकारीहरुलाई एकाएक कार्यालय बाहिर जान निर्देशन दिए । तर, त्यो अवस्थामा आफूलाई हेपिएको महशुस गर्दै उनीहरुले पनि त्यो कुनै व्यक्तिको निजी घर नभएको भन्दै त्यहीँ बसिरहेको महानगरस्रोतले बतायो । डीएसपी द्धयले भ्रष्ट कार्कीको निर्देशनलाई बेवास्ता गर्दै उल्टै महानगरपालिका तपाईको निजीघर होइन भन्दै प्रतिकारमा उत्रिएको समेत स्रोतले दावी गरेको छ ।

अख्तियारी नै नपाएका र अधिकारभन्दा माथि गएर प्रशासन अधिकृत कार्की र प्रशासन महाशाखा प्रमुख हरि कुँवरले पैसा र सुरापानकै कारण आफ्ना आसेपासे असईबाट सई र सईबाट इन्स्पेक्टर बढुवामा सिफारिस गरेपछि मुल्यांकनमा अगाडि रहेका केहीले आफ्ना मान्छेलाई मात्रै बढुवामा सिफारिस गरिएको भनेर केही पुनरावलोकन समितिसमक्ष पुनरावलोकनको माग गर्दै मुद्दा हाल्न पुगे । महानगरपालिकाले गरेको बढुवाको विषयमा संघीय मामला तथा स्थानीय विकास मन्त्रालयका सचिवको नेतृत्वमा पुनरावलोकन समिति राख्ने प्रचलन रहेको छ । माघ ११ गते दायर गरिएको निवेदन उपर अध्ययन गरी सो बढुवा उल्टाउनको लागि भनेर बैशाख १० गते उक्त समितिले निर्णय गराईदियो । त्यसपछि प्रशासन प्रमुख कार्की र प्रशासन महाशाखाका प्रमुख कुवरलगायतका भ्रष्ट अधिकारीहरुमा तनाव सुरु भईसकेको थियो । यसरी प्रशासन विभागका प्रमुख कार्की नेतृत्वको टोलीले गरेको बढुवा दुईवटै बदर भईसकेपछि डिएसपीद्वय मंगलबार कार्कीको कार्यकक्षमा यस सम्बन्धी कुरा राख्न पुगेका थिए । २ खुट्टा टेकेका नारि देखे मात्र पुग्ने नरपिचाश कार्की र कुँवरले मेयरलाइ सोत्तर पार्न थाली सकेका छन।

यसरी एउटा निर्णय उल्टिने समयमा नै मन्त्रालयमा अर्काे मुद्दा समेत परिसकेको थियो । त्यो भने इन्पेक्टर बढुवाको विषयमा हो । इस्पेक्टर बढुवाको विषयमा महानगरपालिकाको चैत ३ गतेको पदपूर्ति समितिको निर्णय विपरित आफू अन्यायमा परेको भन्दै फेरि पुनरावलोकन समितिमा मुद्दा पर्यो । २ जनाको दरबन्दी रहेको सो पदका लागि गरिएको बढुवामा समेत कानून विपरित काम गरेको देखिएको भन्दै पुनरावलोकन समितिले पुनरावलोकन र पुनर्मूल्यांकन गरी बढुवा प्रक्रिया अघि बढाउन महानगपालिकाको नाममा निर्देशन दियो । यसको पनि तात्पर्य भनेको निर्णय उल्टाईनु नै हो । यसरी दुई वटा बढुुवासम्बन्धि निर्णय बदर भएपछि कार्की र कुवर तनावमा परेका थिए ।

इन्पेक्टर बढुवकाको विषमयमा मूल्यांकन समितिमा प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र कार्की र प्रशासन महाशाखा प्रमुख हरि कुँवर बसेका थिए । जबकी कानूनी रुपमा हेर्ने हो भने नगरप्रहरी व्यवस्थापन गर्ने आफ्नो छुट्टै महाशाखा छ त्यही महाशाखाका प्रमुख र कार्यकारी प्रमुखले मुल्यांकन गर्नुपर्नेमा दुबै जना असम्बिन्धित पदका व्यक्तिहरुले अंक दिएपछि मन्त्रालयले यसलाई उल्टाएको हो ।
यसरी अख्तियार प्राप्त नभएका व्यक्तिले कार्य सम्पादन मूल्यांकन फारम भरी मनलाग्दी कर्मचारीको नाम सिफारिस गरेका कारण नगरप्रहरीका सई र इन्स्पेक्टरहरु बढुवाबाट बञ्चित बनेका बनेका छन् भने स्वतः बढुवाको अवसर पाउनेहरु अन्यायमा परेका छन् ।
जनप्रतिनिधि नभएको मौका छोपी सेवाग्राहीबाट मनलाग्दी रकम असुल्नुका साथै सुरसुन्दरीसँग मस्त रहने काठमाडौं महानगरपालिकाका भ्रष्ट प्रशासकीय अधिकृत ज्ञानेन्द्र कार्की र हरि कुँवरले पैसा र सुरासुन्दरी चढाएकै कारण बढुवाको कार्य सम्पादन मुल्यांकनमै नपर्ने केही नगरप्रहरीहरुको नाम सिफारिस गरेका कारण संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सो बढुवा नै बदर गरिदिएको हो ।
आर्थिक वर्ष समाप्त भएपछि श्रावण ७ गतेभित्र कर्मचारीले गरेको कार्य सम्पादन मूल्यांकन फारम सुपरिवेक्षक समक्ष पेस गर्नुपर्ने र सुपरिवेक्षकले भाद्र ७ गतेभित्र पुनरावलोकनकर्ता समक्ष पेश गर्नुपर्ने र पुनरावेदनकर्ताले भाद्र मसान्तरभित्र पुनरावलोकन गरी सिलबन्दी गरी राख्नुपर्ने कानुनी व्यवस्था रहेको छ । तर यसलाई लत्याएर पैसा, सुरासुन्दरी चढाएकै कारण प्रशासकीय अधिकृत ज्ञानेन्द्र कार्की र हरि कुँवरले मनोमानी ढंगले कानुनलाई समेत मिचेर अख्तियारी दुरुपयोग गरी बढुवा सिफारिस गरेका थिए । तर सो बढुवा सम्बन्धमा स्थानीय स्वायत्त शासन नियमावली २०५६ को नियम २२६ बमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा कार्य सम्पादन मूल्यांकन र शैक्षिक योग्यतामा समेत माथि रहेका बढुवाबाट बञ्चित बनेका कर्मचारीहरुले पुनरावलोकनका लागि उजुरी दिएका थिए ।

मन्त्रालयले यसको सुक्ष्म छानविन गर्दा अख्तियारी प्राप्त नभएका व्यक्तिले बढुवामा सिफारिस गरेको पत्ता लगाएपछि महानगरपालिकाका नगरप्रहरीको असईबाट सईमा र सईबाट इन्स्पेक्टरमा बढुवा परेकाहरुको बढुवा नै बदर गरिदिएको छ ।
मन्त्रालयले असईबाट सई र सईबाट इन्स्पेक्टरमा बढुवा गर्दा प्रशासकीय अधिकृत कार्कीले कानुनलाई समेत मिची आर्थिक लेनदेनबाट सिफारिस गरेका कारण मन्त्रालयले अख्तियारी प्राप्त व्यक्तिबाट कर्मचारीको सेवा सर्त नियमावली २०६१ मा उल्लेख भएका पदाधिकारीबाट कार्य सम्पादन मूल्यांकन गरी पुन बढुवाको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । योग्यता र कार्य सम्पादन मूल्यांकनमा माथि रहेका कर्मचारीहरुलाई यस बढुवामा पर्न गएको क्षतिको क्षतिपूर्ति ज्ञानेन्द्र र हरिले दिन्छन् कि दिँदैनन् ? उनीहरुलाई आफ्नो अधिकारभन्दा माथि गएर यस्तो निर्णय गर्न कस्ले अधिकार दियो ? यिनीहरुलाई कानुनी दायरामा ल्याई कारबाही अगाडि बढाउनुपर्ने पीडित कर्मचारीहरुले बताएका छन् ।

एक वर्ष अगाडि अवकास प्राप्त अख्तियारले समाएका शान्तराम पोखरेल र हाल बहालवाला बद्रीबहादुर खड्का र सादुराम भट्टराईले कर्मचारीको योग्यता, कार्य सम्पादन हेरी नगर प्रहरीको असईबाट सई र सईबाट इन्स्पेक्टरको लागि बढुवा सिफारिस गर्नुपर्ने प्रावधान रहे पनि अबैधानिक तरिकाले किर्ते गरी प्रशासकीय प्रमुख ज्ञानेन्द्र कार्की र हरि कुवरले बढुवामा सिफारिस गरेका कारण असईबाट सई र सईबाट इन्स्पेक्टरको बढुवा बदर गरिदिएको हो ।
विगत लामो समय काठमाडौं महानगरपालिकामा जनप्रतिनिधि नभएको मौका छोपी प्रशासन प्रमुख ज्ञानेन्द्र कार्की र हरि कुवरले सेवाग्राहीहरुसँग कार्यकक्षको गोप्य कोठामा लगी सिधै घुस माग गर्ने गरेका थिए ।

लामो समयपछि जनप्रतिनिधि भइसकेको अवस्थामा पनि अहिले पनि महानगरपालिकामा जनप्रतिनिधिको साखै गिर्ने गरी भ्रष्टाचारजन्य गतिविधि संचालन गर्दै आइरहेका कार्की र कुवरलाई किन जनप्रतिनिधिले ज्वाइँको सम्मान दिइरहेका छन् यतिबेला महानगरका इमान्दार कर्मचारीहरुले जनप्रतिनिधिप्रति समेत प्रश्न चिन्ह खडा गर्न थालेका छन् । कार्की राप्रपा नेता पशुपति समशेर राणाको सहयोगमा महानगर छिरेका कुख्यात पात्र हुन्।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय