कांग्रेसले १२ माओबादीले १० मन्त्रालय लिने,बाँकी अरुलाई दिने,आइतबार मन्त्रिपरिषद विस्तार गर्ने



हाम्रो इकोनोमि

सत्ता साझेदार कांग्रेस र माओबादी बीच मन्त्रालय भागबण्डामा कुरो मिले पछि आइतबार मन्त्रिपरिषद विस्तार हुने पक्का पक्की भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताहरुवीच भएको पटक पटकको छलपलले यही आउने आईतबारभित्रै मन्त्रिमण्डल विस्तार गर्नेबारे कुराकानी भएको स्रोतले जनाएको छ । भेटपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी सुरु गरेको पनि उनी निकट उच्च स्रोतले जनायो ।
प्रधानमन्त्री देउवाले सपथ ग्रहणकै दिन कांग्रेसबाट तीन, माओवादीबाट तीन र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई समेटेर आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए।

देउवा र प्रचण्ड बिच भएको सहमति अनुसार कांग्रेसले १२ वटा र माओवादी केन्द्रले १० वटा मन्त्रालय लिने, राप्रपालाई ४, फोरम लोकतान्त्रिक र संघीइ समाजवादी फोरमलाई ३÷३ वटा मन्त्रालय दिने र साना दल नेकपा संयुक्तलाइ १, कुमार खड्का नेतृत्वको अखण्ड नेपाललाई एक र प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टीलाई एक मन्त्रालय दिने तयारी भएको छ । तर उपेन्द्र यादबले सरकारमा नजाने बताएका छन्। अहिले मन्त्रालय ३० ओटा छन्।

यता आफ्नो पार्टीभित्र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले हिजो नै देउवालाई मन्त्रीमण्डल विस्तारदेखि लिएर अन्य सरकार सञ्चालन कार्यविधि बनाउनको लागि माँग गरेको छ । पौडेल पक्षले आफूहरुलाई ५ वटा मन्त्रालय दिनुपर्ने माँग गरेको छ । तर देउवा भने ४ वटा मात्रै दिएर पौडेलको चित्त बुझाउने प्रयासमा छन् । त्यस्तै खुमबहादुर खड्का र कृष्ण सिटौला पक्षलाई १÷१ वटा मन्त्रालय दिएर मिलाउदैँछन् ।

उता चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उपप्रधानसहित चार मन्त्रालय पाएमात्रै सरकारमा आउने जनाएको छ। साना दलबाट भने यसअघिको सरकारमा मन्त्री भएकाहरु प्रेमबहादुर सिंह र कुमार खड्का नै दोहोरिन कस्सिएकाछन् ।

यता संघीय समाजवादी फोरम नेपालले पनि सरकारमा सहभागी जनाउनको लागि आफूहरुलाई चार वटा मन्त्रालय दिनुपर्ने माँग गरेको छ। अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको छुट्टाछुट्टै भेटवार्तामा आफू अहिले सरकारमा सहभागी नहुने बताएका थिए । तर उनले सरकारमा सहभागी हुन आग्रह गरिए कम्तीमा पनि चार वटा मन्त्रालय दिनुपर्ने माँग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...