प्रधानमन्त्री देखि प्रहरीप्रमुख सम्मको सेटिंगमा ३३ किलो सुन तस्करी गर्ने नाइके ढेड लाख धरौटीमा छुटे



प्रहरीको सहयोगमा सुन तस्करी गर्दै आएका राजेन्द्र कुमार शाक्य गत साता धरौटीमा रिहा भए पछि अन्य फरार सुन तस्करहरु शक्ती केन्द्र धाउन थालेका छन। शाक्य संगै तस्करीको बात लागेर प्रहरीले खोजे पछि फरार भनिएकाहरु शाक्य छुटे संगै सल्बलाउन थालेका छन् । ३३ किलो अवैध सुन तस्करीमा मुछिएका चर्चित सुन पसल आरके ज्वलेर्सका सञ्चालक राजेन्द्रलाई अदालतले थुनछेक आदेश गर्दै ढेड लाख धरौटी माग गरेपछि अदालतले मागेको धरौटी राखेर उनी रिहा भएका थिए । उनि सुन तस्करका नाइके पनि हुन्।

 

सीआईबीले खोजिरहेका उनी कानुुन व्यवसायीको सेटिंगमा अदालत सम्म पुगेका थिए। उनले आफ्नी मतियार मल्लिका बज्राचार्य शाक्यलाई पनि धरौटीमा रिहा गराए। यो सबै खेल सीआईबीका हाकिम नवराज सिलवाल बिदा बसेका बेला भएको हो। सुन तस्करीमा शाक्य एक नम्बरमा पर्छन् । शाक्यले नेपालमा मात्र नभए भारतमा पनि सुन तस्करी गर्दै आएका छन् । नेपालका सुन तस्करसँग राजधानीमा सुन किनेर शाक्यले भारतको दिल्लीमा पुरयाउने गरेको स्रोतको दाबी छ । शक्ती केन्द्रलाई पैसाले खरिद गरेर धन्धा चलाउने गरेका उनी फेरि तस्करीमा लागिसकेका छन्। उनले प्रधानमन्त्री संग निकट रहेका वकिललाई प्रयोग गरेर अदालतबाट धरौटीमा छुट्न सफल भएका हुन्।महान्याधिबक्ता रमण श्रेष्ठले पनि सहयोग गरेको श्रोतको दाबी छ।

नेपालका एक तस्करको ४० किलो सुनको पैसा नदिएपछि उनिहरूको सम्बन्धमा समेत दरार उत्पन्न भएको थियो । देखाउनको लागि सुन पसल खोले पनि बर्षौदेखि शाक्यले सुन तस्कर गर्दै आएका छन् । तस्करीको पैसाले शाक्यले राजधानीमा मात्र दुई सय करोड माथिको सम्पत्ती जोडेका छन् । स्रोतको अनुसार नेपाल र भारतको विभिन्न ठाउँमा शाक्यको अर्बौ सम्पत्ती छ । जमलको आलिशान महलमा बस्दै आएका शाक्यले पछिल्लो समय डिआईजी नवराज सिलवाललाई आईजीपी बनाउँनै हुदैन भन्दै करोडौं रूपैंया खर्च गरेको चर्चा समेत प्रहरी भित्र चलेको थियो ।

नेपाल प्रहरीको सिआईबीले भने शाक्यको अबैध सम्पत्तीमाथि निगरानी बढाएको छ । शाक्य हाजिर भएपनि सालिमार ज्वेलर्सका सञ्चालक राम कृष्ण गोयल, कुसुम गोयल छोरा राहुल गोयल भने अहिलेसम्म फरार छन् । उनीहरू अदालत सेटिङ गरेर हाजिर हुने तयारीमा रहेको स्रोत बताउँछ । शालिमार ज्वेर्लसका सञ्चालले भने प्रतिवादी कायम नभई सकेकोले सिआइबी सेटिङ गर्ने तयारीमा लागेका छन् । मुद्दा कमजोर बनाएर पुन अभियोग सहित अदालत हाजिर हुने तयारीमा शालिमारका सञ्चालक छन् । उता बैभव लक्ष्मी ज्वेलर्सका सञ्चालक प्रमोद श्रेष्ठ पनि हाल फरार छन् । उनीहरु पनि छुट्न बालुवाटार र प्रधानमन्त्री पत्नी आरजु राणाकोमा धाईरहेका छन्। माथिको आदेश आए आफु सहयोगी बन्ने बचन प्रहरी प्रमुख प्रकाश अर्यालले दिएका छन्।अर्याल सुन तस्कर हरु संग राम्रो सम्बन्ध भएका ब्यक्ती हुन्।शाक्यलाई सबै सुत्र अर्यालले दिए पछि उनी धरौटीमा छुट्न सफल भएको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय