सेयरबजारमा हरियाली, नेप्से र कारोबार दुबै बढ्यो



हाम्रो इकोनोमि

काठमाण्डौं । साताको अन्तिम दिनको कारोबारमा सेयरबजार ३१.५ अंकले बढेर १५८२.११ अंकमा उक्लिएको छ ।  नेप्से परिसूचक संगै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.९० अंकले बढेर ३३६.१० अंकमा उक्लिएको छ ।

विहिबार १४८ कम्पनीका ३५ लाख कित्ता शेयर ७६ करोड रुपैयाँमा खरीद बिक्री भए । आज सबैभन्दा बढी नेरुड लघुवित्त विकास बैंकको ६ करोड २० लाख रुपैयाँको शेयर खरीद बिक्री भयो ।

कारोबार रकमकै आधारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी दोस्रो भएको छ । यो इन्स्योरेन्सको पाँच करोड ४९ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ ।आज कारोबारमा आएका सबै उपसुचक बढेका छन् । बैंक २४.५३, होटल ५८.८७, विकास बैंक ३९.४५, जलबिद्युत २०.७४, फाइनान्स ४.९२, बीमा ३१९.९, उत्पादन मुलक ११.२४ र अन्य ४.३४ अंकले बढेको छ ।

आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीका शेयर धनीले करिब आठ प्रतिशत कमाएका छन् भने सबै भन्दा बढी प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले करिब नौ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...