सुन्ना साथ युनिभर्सिटी, गोपालमान लाई किन भयो फिटफिटी ?



हाम्रो इकोनोमि

गोपालमान श्रेष्ठ कांग्रेसी वृत्तमा मात्र नभए सिंगो राजनीतिमा चिनिएको नाम हो।पटक पटक मंत्री भएका उनले राज्य संयन्त्रलाइ राम्ररी चिनेका छन्।अहिले उपप्रधान सहित शिक्षा मंत्री बनेका उनले एउटा पत्याउनै मुस्किल हुने घटना घटाएका छन् ।

कांग्रेसका पाका नेता र पटक-पटक मन्त्री भइसकेका नेता हुन गोपालमान श्रेष्ठ । उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री छन् ।श्रेष्ठ मन्त्री बनेपछि मन्त्रालयका कर्मचारीहरुको व्रिफिङको कार्यक्रम थियो। सबै कर्मचारी संग परिचय सकिए पछी सचिबले मन्त्रालय मातहतका निकायका बारेमा भन्दै गए। त्यो क्रम चलिरहदा सचिवले व्रिफिङ विश्वविद्यालयका नाम भन्दै उपकुलपति र त्यहाँको अवस्थाबारे जानकारी गराउँदै थिए,मन्त्री प्वाक्कै बिचैमा बोले र भने कति धेरै विश्व विद्यालयबारे जानकारी गराएको, नेपालमा कति विश्वविद्यालय छन् ? उनले यति भन्दा कर्मचारी गलल हाँसे,मंत्री रातोपिरो भए।यति हुदा सम्म सचिबले ४ वटा विश्वविद्यालयको मात्र जानकारी गराउदै थिए।

सन्काहा पाराका मन्त्रीको पारा देखेर यी मंत्री संग कसरी काम गर्ने भनेर कर्मचारी कानेखुशी गर्न थाले। श्रेष्ठ तिनै हुन् जसले संसदमा लाइव्रेरी हुन्छ ? भन्दै यस अघी जग हसाइ सकेका छन्। शिक्षा सम्बन्धी नियम र कति विश्वविद्यालय छन् र आफु कहाँ कहाँ को कुलपति छु भन्ने हेक्का नभएकाले के गर्ने हुन् भन्ने हल्ला ब्याप्त छ शिक्षा मन्त्रालयमा। केहि नया काम भन्दा पनि दाम भेला गर्ने नियतले मंत्री भएकालाइ कहाँ बाट कति आउछ भन्ने चासो हुनु ठिकै हो।
बिगतमा मंत्री भन्दा बदनाम भएका उनि यो पटक पनि सदाचारी बन्ने लक्षण नभएको उनलाई जान्ने बुझ्ने हरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...