बाबुराम संग तर्कने,को-को हुन् एमालेमा फर्कने ?



हाम्रो इकोनोमि

देबेन्द्रराज पाण्डेको लोक दलकै हालतमा पुगेको डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा पहिरो जाने भएको छ।दोश्रो चरणको चुनाबी परिणाम पछि त्यहाँ उल्कापात हुन लागेको हो।उपेन्द्र यादबको चुनाब चिन्ह सापटी लिएर चुनाबमा भाग लिएको नया शक्तिले तागत देखाउन नसके पछि त्यो पार्टी परित्याग गर्नेको लर्को नै लाग्ने भएको छ। धेरैले यो पार्टी अब दीर्घकालसम्म नजाने अनुमान गर्न थालेका छन् । पार्टीको भबिष्य ध्वस्त हुने भए पछि नेता कार्यकर्ता उपयुक्त विकल्प खोज्न थालेका छन्।

पहिलो चरणको निर्वाचनमा एक स्थानीय तह जिते हात पारेको नयाँ शक्तिले दोस्रो चरणको ३३४ स्थानीय तहमा एउटा पनि तह जित हात पार्न सकेन । बरु उपेन्द्र यादवको संघीय समाजवादी फोरमले ६ वटा स्थानीय तह जितिसकेको छ भने एउटामा अग्रता लिइरहेको छ ।

नयाँ शक्ति नेपाल पार्टी गठनमा महत्वपूर्ण योगदान दिएका रामचन्द्र झाले चाँडै सो पार्टी छाड्ने भएका छन् । स्रोतका अनुसार झा अहिले एमाले प्रवेशको अन्तिम तयारीमा छन् । यसका लागि उनले एमाले नेताहरूसँग विभिन्न चरणमा कुराकानी गरिसकेको बुझिएको छ ।

एमालेले खाली रहेको उपाध्यक्ष पद दिए झा पुरानै घर फर्किने मनस्थितिमा रहेको बताइएको छ । झा पहिले एमाले, त्यसपछि माओवादी हुँदै नयाँ शक्तिमा क्रियाशील छन् । नया शक्तिको सह संयोजक रहेका झा पार्टी छोड्ने अन्तिम तयारीमा छन्।अर्का सह संयोजक फोरम लोकतान्त्रिकमा प्रवेश गरिसकेका छन्।

२ नम्बर प्रदेशमा एमालेका देखाउने खालका मधेसी नेता नभएपछि झालाई फर्काउने तयारीमा नेतृत्व लागेको स्रोतले बतायो । यही साताभित्र झा एमाले प्रवेश गर्न सक्ने एक नेताले जानकारी दिए । उता राजपाका केहि प्रभाबशाली नेता पनि एमालेमा फर्कने तयारीमा छन्। राजपा कोषाध्यक्ष अनिता यादब १५ दिन पहिले नै एमालेमा प्रवेश गरिसकेकी छिन। त्यस्तै हृदयेश त्रिपाठी पनि कुरा मिले एमालेमा जाने चर्चा छ। मधेश केन्द्रित अन्य दलका नेता र नया सक्तीमा रहेका मधेशी नेता एमालेमा जाने श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...