सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन



सोलुखुम्बु । दूधकौसिका गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने भएको छ ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष असिम राईले बुधबार पदभार ग्रहण गरेसँगै सम्पूर्ण सामुदायिक विद्यालयमा जनशक्ति व्यवस्थापन गरी अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने निर्णय गरेको कार्यकारी अधिकृत श्याम न्यौपानेले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष राईले प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि सम्भाव्यता अध्ययन गर्ने, भ्रष्टाचार र सेवामा ढिलासुस्ती नियन्त्रण गर्न सिसिटिभी जडान गर्दै छिटोछरितो ढङ्गबाट सेवा प्रदानमा जोड दिने निर्णय र डिजिटल हाजिरीको व्यवस्था गर्ने पनि निर्णय गरेका छन् ।

गाउँपालिका उपप्रमुख सबिता राईले भने आज मात्र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । बुधबार गाउँपालिकाको कार्यालयमा उनी उपस्थित नभएपछि आजका लागि पदभार ग्रहणको कार्यक्रम राखिएको पनि कार्यकारी अधिकृत न्यौपानेले जानकारी दिए ।

गाउँपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)का असिम राई र उपप्रमुखमा नेपाली काँग्रेसकी सबिता राई निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा टिकटक बन्द

    संयुक्त राज्य अमेरिकामा चिनियाँ सर्ट भिडिओ एप टिकटक बन्द भएको छ

गाजामा युद्धबिराम, विपिन पनि सकुशल रिहा हुने

    अक्टोबर ७, २०२३ अर्थात् २०८० असोज २० गते इजरायलले एक अकल्पनीय

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु