सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन



हाम्रो इकोनोमि

सोलुखुम्बु । दूधकौसिका गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने भएको छ ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष असिम राईले बुधबार पदभार ग्रहण गरेसँगै सम्पूर्ण सामुदायिक विद्यालयमा जनशक्ति व्यवस्थापन गरी अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने निर्णय गरेको कार्यकारी अधिकृत श्याम न्यौपानेले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष राईले प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि सम्भाव्यता अध्ययन गर्ने, भ्रष्टाचार र सेवामा ढिलासुस्ती नियन्त्रण गर्न सिसिटिभी जडान गर्दै छिटोछरितो ढङ्गबाट सेवा प्रदानमा जोड दिने निर्णय र डिजिटल हाजिरीको व्यवस्था गर्ने पनि निर्णय गरेका छन् ।

गाउँपालिका उपप्रमुख सबिता राईले भने आज मात्र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । बुधबार गाउँपालिकाको कार्यालयमा उनी उपस्थित नभएपछि आजका लागि पदभार ग्रहणको कार्यक्रम राखिएको पनि कार्यकारी अधिकृत न्यौपानेले जानकारी दिए ।

गाउँपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)का असिम राई र उपप्रमुखमा नेपाली काँग्रेसकी सबिता राई निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...