छुट्टै देशका रुपमा रहेको सिक्किम भारतको २२ औ प्रान्त बनेपछि लगातार ३० बर्ष यता बाट गोर्खाल्याण्ड आन्दोलनका नाममा सिक्किम पिरोलीरहेको त्यहाँका मुख्य मन्त्रीले बताएका छन। हालका दिनमा दक्षिण सिलिगुडी र उत्तरमा भारत-चीन सिमानाको अशान्त बाताबरण माथी सिक्किम पिसिदै आएको छ।त्यसको असर खेपिरहेको सिक्किमका मुख्य मंत्री पवन चामलिंगले बंगाल र चीन बीच स्याण्डविच हुन् सिक्किमलाई भारतमा गाभेका होइनौ भनेर आक्रोश पोखेका छन्।
धान खाने मुसो चॊट पाउने भ्यागुत्तो भएको उल्लेख गर्दै उनले बंगालमा सिक्किमे हरु प्रति हुने गरेको ज्यादतीको कडा निन्दा गरे। उत्तरको सिमानामा चिनिया सैनिकको चलखेलले सिक्किम राज्य चेपुवामा परेको उनको भनाइ थियो। सिलगुडी बाट सिक्किममा पेट्रोल लगायतका अत्याबश्यक सामग्री दुवानीमा समस्या आउन थालेको छ। एकै देशका दुइ राज्यमा नाकाबन्दीको अवस्था आए पछि चामलिंगले के हामी भारतीय होइनौ ? हामी भारतीय भएर बाच्ने हकका भागिदार होइनौ भनेर केन्द्र सरकारलाइ प्रस्न गरेका छन् ।
बंगाल बिहार र उडिसालाइ सिक्किमले पानी दिए बापत हामी लाइ बाटो थुनिएको हो भन्दै आर्कोश पोखेका चामलिंगले गोर्खाल्याण्ड आन्दोलनका कारण ३० वर्ष देखि सिक्किमले हैरानी व्यहोरेको बताए। त्यसैका कारण सिक्किमेले कुटाई खाएको, होटल चलाउन नपाएको डराइ डराइ सिलगुडी जानु परेको उनको भनाइ छ।गोर्खाल्याण्ड आन्दोलनका कारण सिक्किमले आर्थिक नोक्सानी व्यहोरेको उनको भनाइ छ। चीन संग जोडिएको नाथुला सिमामा पनि असान्ती रहेको र आफ्नै देशको सिलिगुडीले पनि हैरानी पारे पछि सिक्किम चेपुवामा परेको हो।