साउनदेखि लामो दूरीका गाडी गोँगबु र पूरानो बसपार्कबाट मात्रै चल्ने



हाम्रो इकोनोमि

काठमाण्डौँ । लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधन अब गोँगबु तथा पुरानो बसपार्कबाट मात्र आगमन तथा प्रस्थान गर्ने व्यवस्था गरिएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईको अध्यक्षतामा आज विभागअन्तर्गतका कार्यालय र ट्राफिक महाशाखाका प्रमुखसहित बसेको बैठकले उपत्यकाको सवारी साधनलाई व्यवस्थित बनाउन उक्त व्यवस्था गरिएको हो । लामो दूरीका सवारीसाधन यात्रु लिएर उपत्यकाका विभिन्न स्थानमा लैजाने तथा ल्याउने गरेपछि ठाउँठाउँमा जाम हुने भन्दै उक्त व्यवस्था गरिएको महाशाखाका प्रमुख मिङ्मार लामाले जानकारी दिए।

बैठकले अब उपत्यकाभन्दा बाहिरबाट आएका सवारीसाधन कलङ्कीबाट सिधा नयाँबसपार्क आउनुपर्ने र नयाँ बसपार्कबाट बाहिर जाने सवारीसाधन कलङ्कीबाट सिधा बाहिरिनुपर्ने व्यवस्थासमेत गरेको छ । उक्त नियम लागू नगर्ने सवारी साधनलाई साउन १ गतेदेखि कारबाही गरिने लामाले बताउनुभयो ।

यस्तै विभागले नयाँ तथा पुरानो बसपार्कको क्षमता र सवारी साधनको सङ्ख्या हेरी वैकल्पिक व्यवस्थापनका लागि स्थानीय निकायका प्रमुखसँग छलफल गर्ने भएको छ । यसैगरी चक्रपथका हरियाली क्षेत्रमा सवारीसाधन पार्किङ गरेमा असार २५ गतेदेखि कारबाही अभियान चलाउने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...