साउनदेखि लामो दूरीका गाडी गोँगबु र पूरानो बसपार्कबाट मात्रै चल्ने



हाम्रो इकोनोमि

काठमाण्डौँ । लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधन अब गोँगबु तथा पुरानो बसपार्कबाट मात्र आगमन तथा प्रस्थान गर्ने व्यवस्था गरिएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईको अध्यक्षतामा आज विभागअन्तर्गतका कार्यालय र ट्राफिक महाशाखाका प्रमुखसहित बसेको बैठकले उपत्यकाको सवारी साधनलाई व्यवस्थित बनाउन उक्त व्यवस्था गरिएको हो । लामो दूरीका सवारीसाधन यात्रु लिएर उपत्यकाका विभिन्न स्थानमा लैजाने तथा ल्याउने गरेपछि ठाउँठाउँमा जाम हुने भन्दै उक्त व्यवस्था गरिएको महाशाखाका प्रमुख मिङ्मार लामाले जानकारी दिए।

बैठकले अब उपत्यकाभन्दा बाहिरबाट आएका सवारीसाधन कलङ्कीबाट सिधा नयाँबसपार्क आउनुपर्ने र नयाँ बसपार्कबाट बाहिर जाने सवारीसाधन कलङ्कीबाट सिधा बाहिरिनुपर्ने व्यवस्थासमेत गरेको छ । उक्त नियम लागू नगर्ने सवारी साधनलाई साउन १ गतेदेखि कारबाही गरिने लामाले बताउनुभयो ।

यस्तै विभागले नयाँ तथा पुरानो बसपार्कको क्षमता र सवारी साधनको सङ्ख्या हेरी वैकल्पिक व्यवस्थापनका लागि स्थानीय निकायका प्रमुखसँग छलफल गर्ने भएको छ । यसैगरी चक्रपथका हरियाली क्षेत्रमा सवारीसाधन पार्किङ गरेमा असार २५ गतेदेखि कारबाही अभियान चलाउने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...