यी चर्चित नेताको गफैको भर, पाँच पाण्डवका कारण कांग्रेस भयो सोत्तर



संसद्को सबैभन्दा ठूलो दल कांग्रेसलाइ पछारेर स्थानीय तहको दोश्रो चरणको चुनाबमा एमाले सबैभन्दा ठुलो दल भएको छ, सबै नतिजा नआउदै कांग्रेसलाइ नराम्ररी उछिनेको एमालेको लोकप्रियता बढ्न थालेको छ।

पहिलो चरणमा कांग्रेसका केही केन्द्रीय नेताहरूले आफ्ना नगर र गाउँपालिका जोगाएका थिए । पहिलो चरणको तीन प्रदेशमा भएको निर्वाचनमा समेत एमाले १२१ तहका साथ पहिलो र कांग्रेस १०४ जित हात पार्दै दोस्रोमा सीमित भएको थियो । तर, १, ५ र ७ नम्बर प्रदेशका ३३४ तहमा भएको निर्वाचनमा कांग्रेसका प्रभावशाली नेताहरूले आफ्नो नगर र गाउँपालिका जोगाउन सकेनन् ।

दोस्रो चरणको निर्वाचनमा कांग्रेसका चर्चित केन्द्रीय नेताहरूको नगरमा एमाले उम्मेदवारले जित हात पारेका छन् । ती नेताहरूले आफ्नो नगर मात्र होइन, जिल्लामा समेत कांग्रेसको पकडलाई कमजोर बनाएका छन् ।

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, हालका शिक्षा मंत्री तथा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ,पूर्व मंत्री बालकृष्ण खाँण र पुर्बमंत्री रमेश लेखकको नगरमा मात्र होइन, वडामै कांग्रेस पराजित भएको छ । सिटौलाको झापाको भद्रपुर, श्रेष्ठको स्याङ्जाको पुतलीबजार, खुमबहादुर खड्काको दाङको लमही, भण्डारीको गुल्मीको रेसुंगा, लेखकको कञ्चनपुरको वेदकोट र खाँणको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले विजयी भएको छ । जहाँ पहिल्यै देखि कांग्रेसले जित्ने गर्दथे ।

कांग्रेसले दोस्रो चरणको निर्वाचनमा पहिलो बनेर पहिलो चरणको एमालेसँगको सिट संख्याको दूरी घटाउने आंकलन गरेको थियो । तर, दोस्रो चरणको निर्वाचनमा पनि कांग्रेस एमालेभन्दा पछि परेको छ । अझ प्रभावशाली केन्द्रीय नेताहरूकै जिल्लामा कांग्रेसको गढ भत्किएपछि आगामी प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको परिणामलाई लिएर नेताहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।केन्द्रमा नेताको चाकडी गरेर हैसियत बनाएका कांग्रेसी नेताहरुको असली नियत चुनाबले प्रस्ट संग देखाईदिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय