रुकुममा अरुलाई बढार्ने माओबादी, यी एक दर्जन जिल्लामा आफै बढारियो



दोश्रो चरणको स्थानीय निकायको चुनाबमा माओबादी केन्द्रले एउटा पनि प्रमुख पद जित्न नसकेका जिल्लाको संख्या ११ पुगेको छ।३५ जिल्लामा भएको चुनाबमा माओबादीले ११ जिल्लामा प्रमुख पद जित्न सकेन। तर उसले रुकुममा अरु पार्टीलाइ प्रमुख जित्ने दिएन,रुकुममा अरुलाई बढार्ने माओबादी आफु चै धेरै ठाउमा चिप्लिन पुग्यो।

पुर्बी नेपालमा रहेको अझ भारत र चीन संग सिमाना जोडिएको ताप्लेजुंगका नौ तह मध्ये एमालेले ५ र कांग्रेसले ४ तह जिते पछि माओबादीले जित्ने तह नै बाँकि रहेन उसले नगरपालिकाको मेयरमै चित्त बुझाउनु पर्यो। ताप्लेजुंग संगै सिमा जोडिएको तेह्रथुममा पनि माओबादीको उही नियति भयो। ६ स्थानीय तह रहेको त्यहाँ ५ स्थानीय तह एमालेले र एउटा मात्र कांग्रेसले जित्यो,त्यहाँ पनि माओबादी निल खायो। उता धनकुटामा रहेका सातै तहमा एमालेले एकलौटी कब्जा गर्यो,माओबादी त परे जाओस कांग्रेसले समेत भाग पाएन।

 

दश स्थानीय तह रहेको इलाममा सात ओटा एमालेले र ३ अटा कांग्रेसले जितिदिए पछि माओबादी निल बन्न पुग्यो।उता कपिलबस्तुका १० तहमा ५ ओटामा कांग्रेस २ ओटामा एमाले १ समाजबादी फोरम र २ तह स्वतन्त्रले जिते पछि त्यहाँ पनि माओबादी रमिते बन्न पुग्यो।पाल्पाका १० तह मध्ये ६ तहमा एमाले र ४ तहमा कांग्रेसले कब्जा जमाए पछि त्यहाँ पनि माओबादीका लागि भाग रहेन।उता बाँकेका ८ स्थानीय तहमा पनि माओबादीलाइ भाग पुगेन,३ तहमा एमाले १ तहमा राप्रपा ३ तहमा कांग्रेस र १ तहमा उपेन्द्र यादबको फोरमले जित्यो।

उता सुनसरीका १२ तहमा पनि प्रमुख पदमा माओबादी आउन नसक्ने भएको छ।अहिले सम्म कांग्रेसले ६ तह,२ तहमा लोकतान्त्रिक फोरम १ तहमा समाजबादी र २ उप महानगरमा एमाले अगाडी छ त्यहाँ माओबादीले जित्ने सम्भावना छैन। त्यसकारण त्यहाँ पनि निल हुदैछ। मोरंगका १७ तहको नतिजा आइनसकेपनि कांग्रेसले ७ तह एमालेले ४ तह र फोरमले १ तहको प्रमुख जितिसकेको छ। बाँकी ठाउमा माओबादी आउने सम्भावना नै छैन।

उता संखुवासभाका १० तहमा माओबादी अटाउन सकेन,त्यहाँ कांग्रेस र एमालेले आधा आधा जिते पछि माओबादी शुन्य भएको हो।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय