डिजिटल प्रणालीबाट पठनपाठन गराउन आग्रह



रसुवा । विद्यालयको पढाइमा प्रयोग भइरहेको कालोपाटीलाई विस्थापन गर्दै डिजिटल प्रविधिबाट शिक्षा प्रदान गर्न शिक्षकले माग गरेका छन् ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यलाई रसुवा मावि धुन्चेले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा समयसाक्षेप सिकाइको प्रविधि डिजिटल प्रविधिमा लाने व्यवस्था मिलाइदिन स्थानीय सरकारसमक्ष शिक्षकले माग गरेको रसुवा माविका प्रअ तेम्बा रिसाङ घलेले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले शिक्षाको विकासमा स्थानीय सरकारले पहिलो प्राथमिकता दिई गुणस्तरीय शिक्षाका लागि आधुनिक प्रविधिको विकासमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीन गए क्रिकेटर सन्दीप लामिछाने

  क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री