३४ घन्टा बितिसक्दा पनि धरानमा मतगणना सञ्चालनमा आउन सकेन



हाम्रो इकोनोमि

इटहरी । धरान उपमहानगरपालिको मतगणना कार्य अवरुद्ध भएको ३४ घन्टा बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् ।

मतगणनाको योगफलमा मत गणकले गम्भीर त्रुटि गरेको तथ्य फेला परेपछि गत असार १९ गते ९ बजेबाट अवरुद्ध भएको मतगणना कार्य अहिलेसम्म सुरु हुन सकेको छैन् ।

धरान–९ को मतगणना चलिरहँदा मत गणक मनबहादुर कार्की र धनकुमार राईले माओवादी केन्द्रका पक्षमा आएको ५० मत नेकपा एमालेको पक्षमा लागेर योगफल तयार पारेको आरोप लागेपछि मतगणना कार्य अवरुद्ध बन्न पुगेको थियो । मतगणना सुचारु गर्ने विषयलाई लिएर मङ्गलबार दिनभरि धरानमा पटक पटक बैठक बसे पनि राजनीतिक दलबीच सहमति कायम हुन सकेन् ।

मतगणना सुचारु गर्ने बिषयमा आज पनि बैठक बोलाइएको छ । सहमति भयो भने दिउँसोबाट मतगणना कार्य अगाडि बढ्न सक्ने सम्भावना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

इटहरी उपमहानगरपालिको पछिल्लो मतगणनाको नतिजाअनुसार प्रमुख पदमा एमालेका द्वारिकलाल चौधरीले १३ हजार ९९८ र उपप्रमुखमा सोहि पार्टीका लक्ष्मी गौतमले १२ हजार ९८६ मत प्राप्त गरी अग्रता लिएको छ । प्रमुखमा काँग्रेसका रोहित प्रसाईंले १२ हजार ६१७ र उपप्रमुखमा बिकला ढकालले ११ हजार ६५९ मत ल्याएर पन्छाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...