भ्रष्टाचार विरुद्ध जनदवाब कार्यक्रम सम्पन्न



हाम्रो इकोनोमि

काठमाण्डौं । भ्रष्टाचारको विरोधमा जनदवाब कार्यक्रम सम्पन्न भएको छ । योजना, सुशासन र विकास समाज एवं फ्रिल्यान्स यूथ मुभमेण्टको संयुक्त आयोजनामा काठमाण्डौ माईतीघरमा जनदबाव अभियानको आयोजना गरियो ।

उक्त कार्यक्रममा भ्रष्टाचारी चुडामणी शर्मा लगायतका भ्रष्टहरुलाई मृत्युदण्ड सम्मको सजाय दिनुपर्ने माग गर्दै सयौं युवा बुद्धिजीवीहरुको सहभागीता रहेको थियो ।

यो अभियानका अभियन्ता रामचन्द्र कडेलले भ्रष्टाचारले नै देश विकासको गतिलाई उल्टो दिशामा लगेको बताउदै अब नागरिक स्तरवाट नै भ्रष्टाचार र भ्रष्टहरुको प्रतिरोध हुनुपर्ने बताउनु भयो । त्यसै गरी अर्का अभियन्ता ई. अनन्तराज घिमिरेले यो अभियानले समाजको चेतना स्तरलाई अझ माथि उठाउ“दै भ्रष्टाचार शून्य समाज बनाउन प्रेरित गर्दै सम्पूर्ण भ्रष्टाचारीहरुलाई कडा भन्दा कडा कारवाही गरिनुपर्ने बताउनुभयो ।

नेपाल बिकासको आधार सुशासन र शून्य भ्रष्टाचारको आधार, भ्रष्टाचारी विरुद्ध हामी नेपाली मौन किन रु, चालीस लाख स्वेदेशी विदेशमा, भ्रष्टाचारीलाई मस्ती स्वदेशमा जस्ता नाराका प्लेकार्ड बोकेका सहभागीहरु भ्रष्टाचार विरुद्धको लडाईमा थप प्रतिवद्ध हुनुपर्ने माग राख्दै आगामी दिनमा समेत यस्तो अभियान हरेक क्षेत्रमा व्यापक रुपमा लैजाने सबै सहभागीहरुको माग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...