यी हुन् माओबादी मन्त्रीका पिए,मन्त्री र न्यायाधिश बनाईदिन्छन बीस लाख दिए



जनयुद्व पछी धन थुपार्ने नियतले राज्य कब्जा गर्न खोज्दा सिथिल बनेको माओबादी पार्टी पछिल्ला दिनमा उसका ठग कार्यकर्ताका कारण अझ बढी वदनाम बन्न थालेको छ । न्यायाधिश बनाई दिने सर्तमा करोडौ रुपैया ठगेको र कृषि मन्त्रालय बाट पचासौ लाख अनुदान मिलाइदिने भनेर बिसौ लाख ठगेका माओबादी कार्यकर्ता राजकुमार तामांग प्रहरीको फन्दामा परेका छन्।ठगी काण्डमा जेल परेर केन्दिय कारागार बाट एक महिना पहिले मात्र निस्किएका उनले अरु दर्जनौ ठगि गरिसकेको प्रहरीले बताएको छ।

माओबादी केन्द्रका प्रभाबशाली नेता सूर्यमान दोङ्गका भान्जा राजकुमार सूर्यमान उर्जा राज्य मन्त्री हुदा उनका स्वकीय सचिब थिए। मामाको भरोसामा उनले ठगी धन्धा सहित अपहरण गरेर फिरौती असुल्ने काम गर्दै आएका थिए। उनले ५ महिना पहिले न्यायाधिश बनाई दिने भनेर २० लाख लिएको उजुरी पनि प्रहरीका पुगेको छ। आफुलाई पूर्व कानुन मन्त्री अजय शंकर नायकको सल्लाहकारको रुपमा चिनाउदै ठगि गर्ने गरेको प्रहरीको भनाइ छ। अझ उनले माओबादी पार्टीकै साम्सद प्रतीक्षा तिवारी मुखिया लाइ मन्त्री बनाउने भनेर अरु संग पैसा असुलेका थिए। त्यो थाहा पाए पछि राज्य मन्त्री बन्नै लागेकी तिवारीलाई ठग राजकुमारकै कारण माओबादीले मन्त्री बनाएन। सुर्यमान लाइ अस्त्र बनाएर ठगि धन्धा चलाउदै आएका राजकुमारले अहिले सम्म पाच करोड बढी ठगी गरिसकेका छन। मन्त्री,साम्सद बनाइदिने राजनीतिक नियुक्ती दिलाउने,अमेरिका,जापान पठाइदिने लगायतका धन्दा चलाउने राजकुमार लाइ छुटाउन पूर्व मन्त्री दोङ्ग यतिबेला ज्यान छोडेर लागिपरेका छन्।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय