चुडामणिलाइ हिरासतमै लात,दुई प्रहरीले गरे श्रीमती माथि हातपात



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाइ हिरासतमै ज्यान मार्ने धम्कि दिने र शर्माकी श्रीमती लाइ हातपात गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै निबेदन दर्ता भएको छ।

 

२१ अर्ब राजस्व अपचलन गरेको आरोप खेप्दै अख्तियारको फन्दामा परेका चुडामणि शर्मालाई प्रहरीले हेप्न थालेको छ।नेपाल सरकारका निलम्बित सहसचिब शर्मा एक महिना यता हिरासतमा छन्। अख्तियारले ३ अर्ब धरौटी दिन नसकेपछि उनि जेलमै छन्।

आज बिहान खाना खाने समयमा शर्माकी श्रीमती कल्पनाले खाना लैजाने क्रममा प्रहरीले चूडामणि शर्मा र कल्पना शर्मालाई दुरब्यवहार गरेको भन्दै शर्माका परिवारले मानब अधिकारमा आजै निबेदन दर्ता गराएका छन् ।इनिस्पेक्टर भुपेन्द्र कार्कीले शर्मा दम्पती माथी दुरब्यवहार गरेको आरोप लागेको छ।

जीवन रक्षाको माग गर्दै शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले गृह मन्त्रालय,प्रहरी प्रधान कार्यालय र अख्तियारलाइ बोधार्थ दिदै मानब अधिकार आयोगका अध्यक्षलाइ सम्बोधन गरेर निबेदन दर्ता गराएकी छिन । उनले दिएको निवेदनमा प्रहरी निरीक्षक भुपेन्द्र कार्की र शिब राज बस्नेतले गाली गलौज गरेको र आफु माथि हातपात गरेको उल्लेख गरेकी छिन । आफ्ना श्रीमान् लाइ हिरासतमै ज्यान मार्ने सम्मको धम्कि दिएको समेत निवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु