तिलोत्तमा नगरपालिकामा एमालेको विजयी



हाम्रो इकोनोमि

काठमाण्डौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

एमालेका प्रमुखका उम्मेदवार वासुदेव घिमिरे १९ हजार ८४ मतसहित विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामकृष्ण खाँणले १६ हजार २६४ मत पाउनुभयो ।

जनमुक्ति र काँग्रेसको गठबन्धन भएको तिलोत्तमामा प्रमुख र उपप्रमुखसहित बहुमत वडामा एमालेले विजय हासिल गरेको हो । उपप्रमुखमा एमालेकी जागेश्वरी चौधरी १९ हजार २२४ मतसहित विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी जनमुक्तिकी गीता सारुले १६ हजार छ मत प्राप्त गर्नुभयो । यो नगरमा जनमुक्तिले रुख चिह्नबाटै चुनाव लडेको थियो ।

सत्र वटा वडा रहेको तिलोत्तमामा वडा नं ९, १०, १६ र १७ काँग्रेस गठबन्धनले जितेको छ भने अरु १३ वटा एमालेको प्यानल विजयी भएको छ । तिलोत्तमा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणको चुनाव क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...