फेरि ओरालो लाग्यो नेप्से, जम्मा ३७ करोड ५९ लाखको सेयर कारोबार



हाम्रो इकोनोमि

काठमाडौँ । मंगलबार शेयर बजार ३.०१ अंकले घटेर १५४१.२८ अंकमा झरेको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३७ अंकले घटेर ३२७.०८ अंकमा ओर्लिएको हो।

१४२ कम्पनीको सेयर खरिद बिक्रि हुँदा कारोबार रकम भने ३७ करोड ५९ लाख रुपैयाँमा सिमित भएको हो। रकमसँगै खरिद बिक्री हुने शेयर संख्यामा पनि गिरावट आएको छ। चार घण्टाको जम्मा ६ लाख ६४ हजार कित्ता मात्र शेयर कारोबार भएको हो। नेप्से उचाईमा पुगेको बेला २० लाख कित्ता शेयर कारोबार हुनुलाई सामान्य मानिन्थ्यो। कारोबार रकम र शेयर संख्याको समेत गिरावटले लगानीकर्ता यतिखेर पर्ख र हेरको अबस्थामा रहेको प्रस्ट्याएको छ ।

मंगलबार उपसुचक मिस्रित देखिएका छन्। बैंक २.०६, विकास बैंक ४.०१, जलबिद्युत १३.४८, बीमा ३३.३६ र उत्पादन मुलक ३.२६ अंकले घटेका छन्। होटल १५.३४ र फाइनान्स ०.११ अंकले बढेका छन् भने अन्य समूहमा कुनै फेरबदल भएन ।

आज फर्वार्ड माइक्रोफाइनान्सका शेयरधनीले करिब नौ प्रतिशत कमाएका छन् भने सिर्जना फाइनान्सका शेयर धनीले करिब ६ प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...