ओखलढुङ्गामा चारवटा तहमा काँग्रेस, तीनमा एमाले



खोटाङ । ओखलढुङ्गाको कुल आठवटा स्थानीय तह मध्ये चारवटामा नेपाली काँग्रेस, तीनवटामा नेकपा (एमाले) र एउटामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा काँग्रेस चम्पादेवी गाउँपालिका, खिजिदेम्बा गाउँपालिका, मानेभञ्ज्याङ गाउँपालिका र सुनकोसी गाउँपालिकामा विजयी भएको छ । एमाले सिद्धिचरण नगरपालिका, मोलुङ गाउँपालिका र लिखु गाउँपालिकामा विजयी भयो माओवादी केन्द्र चिशङ्खुगढी गाउँपालिकामा विजयी भएको छ ।

सिद्धिचरण नगरपालिकाको प्रमुखमा एमालेका मोहनकुमार श्रेष्ठ चार हजार ७३९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका डिल्ली खनालले चार हजार ६१३ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेकी इच्छाकुमारी गुरुङ चार हजार ८२६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी हेमालक्ष्मी राईले चार हजार ४५७ मत प्राप्त गर्नुभयो ।

यस्तै मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका मोतीराज राई तीन हजार ८५९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रुपलाल तामाङले दुई हजार ५७२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसकी सविता राई चार हजार ३५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी अम्मता राईले दुई हजार १५० मत प्राप्त गर्नुभयो ।

यसैगरी चम्पादेवी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका नवराज केसी तीन हजार २४१ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद घिमिरेले दुई हजार ८४१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसकी निर्मलादेवी रैका तीन हजार २४५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी कल्पना थापाले तीन हजार ११ मत प्राप्त गर्नुभयो ।

त्यस्तै खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा काँग्रेसका वेदबहादुर रोका दुई हजार ९६० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लाक्पागेल्बु शेर्पाले दुई हजार ३६१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसकी सुशीला तामाङ तीन हजार १२४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी पार्वती रोकाले दुई हजार ९४ मत प्राप्त गर्नुभयो ।

यस्तै सुनकोसी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका रुद्रप्रसाद अधिकारी तीन हजार ७०२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका ज्ञानबहादुर खड्काले तीन हजार ३९७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसकी दुर्गाकुमारी तामाङ तीन हजार ४८५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी मुना श्रेष्ठले दुई हजार ९०९ मत प्राप्त गर्नुभयो ।

यसैगरी मोलुङ गाउँपालिकाको अध्यक्षमा एमालेका मणिराज राई तीन हजार १२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महेन्द्र कार्कीले दुई हजार ९८६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसकी हेमकुमारी तामाङ तीन हजार २५९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी हेमकला धमलाले दुई हजार ७५२ मत प्राप्त गर्नुभयो ।

त्यस्तै लिखु गाउँपालिकाको अध्यक्षमा एमालेका गोविन्दबहादुर पौडेल तीन हजार १० मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अशोककुमार कार्कीले दुई हजार ९३५ मत ल्याउनुभयो । उपाध्यक्षमा एमालेकी शान्ता ढुङ्गे तीन हजार ११० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी मन्दिरा दाहालले दुई हजार ४३८ मत प्राप्त गर्नुभयो ।

यस्तै चिशङ्खुगढी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका निशान्त शर्मा बास्तोलाले निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर थापा मगरलाई पराजित गर्नुभयो । बास्तोलाले एक हजार ९०६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकी सुष्मिका राई दुई हजार ७३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी खिलामायाँ आलेमगरले एक हजार ९६९ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सिद्धबाबा सुरूङ मार्ग छिचोलियो

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी

यो सरकार काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका