शिक्षा क्षेत्रमा बजेट कम भएको गुनासो



हाम्रो इकोनोमि

काठमाडौँ । व्यवस्थापिका– संसद्को आजको बैठकमा विनियोजन, विधेयक, २०७४ अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथि छलफल सुरु भएको छ ।

सहरी विकास, गृह, श्रम तथा रोजगार, अर्थ, शिक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका शीर्षकमाथि समूहकृतरुपमा दलीय आधारमा छलफल सुरु भएको हो । बैठकमा सो छलफल प्रारम्भ होस् भनी अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव राख्नुभएको थियो ।

छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सकलदेव सुतिहारले दलित समुदायका लागि जनता आवास कार्यक्रममा बजेट कम भएको भन्दै बजेट बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा ९एमाले० का गङ्गालाल तुलाधरले अन्तर्राष्ट्रिय मापदण्डअनुसार कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन हुनुपर्नेमा हाल १० प्रतिशत व्यवस्था गरिएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले कुल बजेटको एक प्रतिशत वैज्ञानिक खोज अनुसन्धानका लागि तर्जुमा गर्न माग गर्नुभयो ।

नेकपा ९माओवादी केन्द्र०का हितराज पाण्डेले विनियोजित बजेट समयमै नभई आर्थिक वर्षको अन्त्यमा एकैसाथ खर्च हुने परम्परामा सुधार आउनुपर्ने बताउनुभयो । उहाँले विनाशकारी भूकम्पबाट प्रभावित विद्यालय पुनः निर्माणमा ढिलाइ भएको गुनासो गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कान्ता भट्टराईले सरकारले आध्यात्मिक शिक्षा दिएर विद्यमान ‘निष्प्राण शिक्षा नीति’ लाई विस्थापन गर्न माग गर्नुभयो ।

नेकपा ९माले०का शिवचन्द्र चौधरीले विद्यालय शिक्षामा राजनीतिकरण भएकाले प्रभावकारी अनुगमन हुनुपर्ने बताउनुभयो । नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले युवालाई स्वदेशकै काम गर्न पाउने अवसर सिर्जनाका लागि बजेट तय गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...