झापामा एमालेको अग्रता कायमै



हाम्रो इकोनोमि

दमक । झापाको जारी स्थानीय तहको मतगणना सम्पन्न हुन बाँकी रहेका ११ वटा स्थानीय तहमध्ये नौ वटामा नेकपा (एमाले)ले अग्रता कायम राखेको छ ।

आज बिहानसम्मको मतपरिणामअनुसार जिल्लाका दुई गाउँपालिकासहित सात नगरपालिकामा एमालेले आफ्नो अग्रता कायम राखेको हो । एमालेले जिल्लाको दमक, गौरादह, शिवसताक्षी, विर्तामोड, मेचीनगर, अर्जुनधारा र भद्रपुर नगरपालिका तथा बुद्धशान्ति र कमल गाउँपालिकामा अग्रता लिएको छ । यसअघि एमालेले कनकाई नगरपालिकामा विजय हासिल गरेको छ । एमालेका तर्फबाट कनकाईको प्रमुखमा राजेन्द्र पोखरेल विजयी हुनुभयो ।

यस्तै, नेपाली काँग्रेसले एक स्थानमा विजय हासिल गरेर एक स्थानीय तहमा अग्रता लिएको छ । झापा गाउँपालिकामा काँग्रेसका जयनारायण शाह अध्यक्षमा विजयी हुनुभएको छ । काँग्रेसले बाह्रदशी गाउँपालिकामा अग्रता लिएको छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको दुई तहमा विजय हासिल गरेको छ । उसले काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रमा पर्ने हल्दिबारी र कचनकवलमा जित हासिल गरेको छ । कचनकवलमा अञ्जार आलम र हल्दिबारीमा राजेन्द्र लिङ्देन प्रमुख पदमा विजयी हुनुभएको छ ।

यस्तै, जिल्लाको गौरीगञ्ज गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता कायम राखेको छ । झापामा १५ स्थानीय तह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...