ओली संग महन्थ नजिकिए पछि राजपा फुटको संघारमा



हाम्रो इकोनोमि

एमाले संग नजिकिने संकेत पाए पछि राजपा फुटको संघारमा पुगेको छ।
सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे राष्ट्रिय जनता पार्टी नेपालभित्र अहिले भाँडभैलो मच्चिएको छ ।आफूहरुको माँग पूरा गर्न संविधान संशोधनप्रति सरकार गम्भिर नभएको बरु उल्टै पेलेर स्थानीय तहको निर्वाचन सम्पन्न गरेको भन्दै राजपाले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गर्नुपुर्व राजपा शीर्ष नेताहरुवीच नै मतमतान्तर देखिएको छ ।
राजपा निकट उच्च स्रोतका अनुसार अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो लगायतका नेताहरु तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने पक्षमा उभिएका छन् ।

फिर्ता लिनुहुँदैन भन्नेमा नेताहरु शरदसिंह भण्डारी, महेन्द्र राय यादव र अनिल झा देखिएका छन् । उनीहरुले सरकारलाई दिएको समर्थन पार्टीले फिर्ता लिए ठिक नहुने भन्दै संयोजक ठाकुरलाई भेटेरै चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...