सत्ताधारी संग डिभोर्स गरेर एमाले संग लभ गर्दै राजपा



राजपा नेपालका प्रभावशाली नेता मनिष सुमनले सरकारलाई दिएको समर्थन एक दुई दिनभित्रै फिर्ता लिने र एमालेसँग सम्बन्ध विस्तार गर्ने स्पष्ट पारेका छन ।सोमबार  साक्षात्कारमा बोल्दै सुमनले भने,‘एमाले अहिले सुध्रिएको छ, राजपा र एमालेवीच अब सम्बन्ध सुधारको लागि पहल भैरहेको छ।’ सुमनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको समर्थन आफूहरुले लिनेबारे आन्तरिक छलफल सुरु गरिसकेकोले एक दुई दिनभित्रै निर्णय लिने सार्वजनिक गरे ।

उनले राजपा नेपालसँगकै सहमतिमा निर्वाचन सारिएको भनेर प्रधानमन्त्री देउवाले दिएको अभिव्यक्तिलाई गलत र मिथ्याको संज्ञा दिए । उनले भने,‘देउवाजीले भनेको कुरा गलत हो, के उनी हाम्रा प्रवक्ता हुन र ?’ उनले देउवालाई प्रधानमन्त्री हुन ल्याकत नभएको व्यक्ति भनेर टिप्पणी गरे । उनले एमाले सुध्रिएको भन्दै साधुवाद टक्र्याए । उनले देउवाका पछिल्ला अभिव्यक्ति र कुराहरु सुन्दा उनी हाँस्यकलाकार भएको बताए ।

यद्धपी उनले संविधान संशोधनको लागि एमाले ब्रम्हा, विष्णु, महेश नभएको समेत जिकिर गरे । उनले संविधान संशोधनको लागि वर्तमान सत्तारुढ दलले चाहेको भए धेरै अघि नै संशोधन पारित हुने थियो भन्दै चिन्ता व्यक्त गरे । उनले भने,‘एमालेपनि मत प्रक्रियामा सहभागी बनोस्, सदनको साँक्षी किनारा बनोस् भन्ने हाम्रो चाहना हो।’

उनले हालै सम्पन्न भएका स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन जबरजस्ती गरिएको भन्दै यस्तो निर्वाचनको कुनै अर्थ नहुने टिप्पणी गरे । उनले भने,‘यो निर्वाचन भनेको क्षणभरको खुशी मात्रै हो।’ सुमनले तेस्रो चरणको निर्वाचनलाई पनि कथित निर्वाचनको रुपमा लिएको बताए ।

उनले ठूला दलहरुले संविधान मस्यौदागर्दा र संविधान जारी गर्दापनि जबरजस्ती गरिएको बताउँदै भने,‘मधेशपनि यो देशकै हो।’ हालै भएका निर्वाचनलाई उनले शाही निर्वाचनको संज्ञा दिए ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय