एउटै विद्यालयमा रु १२ लाखभन्दा बढीका चौधवटा अक्षयकोष



पोखरा । पोखरा–लेखनाथ महानगरपालिका वडा नं ५ पस्र्याङमा रहेको धर्मस्थली आधारभूत विद्यालयमा विभिन्न महानुभावले रु १२ लाख, ५३ हजार ६९ का १४ वटा अक्षयकोष स्थापना गरेका छन् ।

मातापिताको सु–स्वास्थ्य र दीर्घायु, श्रीमतीको जन्मदिन, मातापिताको स्मृति र अल्पायुमै मृत्यु भएका आफ्ना परिवारको स्मृतिमा ती अक्षयकोष स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक केदारनाथ बरालले जानकारी दिनुभयो ।

अक्षयकोषबाट आउने ब्याजले विद्यालयको वार्षिकोत्सवमा गरिब तथा जेहेन्दार र कठिन अवस्थाका विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिने भएको छ ।
सो विद्यालयमा वीरेन्द्रबहादुर हमालले रु एक लाख ५५ हजार, डा झलकबहादुर कार्कीले रु एक लाख २५ हजार १२५, डिल्लीराम पराजुलीले रु एक लाख ११ हजार १११, पद्मकुमारी शर्माले रु एक लाख दुई हजार ५००, हेरम्वप्रसाद कोइराला र टुमलाल अधिकारीले जनही रु एक लाख एक हजार १११को अक्षयकोष स्थापना गरिदिनुभएको हो ।

त्यस्तै दीपक कोइरालाले रु एक लाख १११, ईश्वरी कोइराला, भीमनाथ बराल, डा हरिप्रसाद कोइराला, गणेश तिमिल्सिना–पुण्य तिमिल्सिनाले जनही रु एक÷एक लाख, नेत्रपाणि अधिकारीले रु ५७ हजार १११ र दीनबन्धु कोइरालाले रु ५० हजारको छुट्टाछुट्टै अक्षयकोष स्थापना गरिदिनुभएको प्रधानाध्यापक बरालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
शान्ति प्रक्रियाका बाँकी काम टुंगिने चरणमा छन् : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने चरणमा रहेको

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

    ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । ब्राजिलको

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

      एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका