मोरङको दुइवटा नगरपालिका प्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले



हाम्रो इकोनोमि

काठमाण्डौं । मोरङको दुईवटा नगरपालिकामा प्रमुख पदमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

जिल्लाको उत्तरी भेगका लेटाङ–भोगटेनी नगरपालिकाको प्रमुखमा काँग्रेसका शङ्कर राईले छ हजार ६५६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भूपेन्द्र लावतीले छ हजार ३५१ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखको पदमा एमालेकी कृष्णकुमारी निरौलाले छ हजार ८०९ मत प्राप्त गरी विजयी हुनुभएको छ । सोहीअनुरुप, वडा नं ४, ६, ७ र ८ मा काँग्रेस, वडा नं १, २, ५ र ९ मा एमालेले वडाअध्यक्षसहित जित हात पारेको छ भने वडा नं ३ मा एक जना खुल्ला सदस्यबाहेक अन्य सबै पदमा काँग्रेसले जित हात पारेको छ ।

यसैगरी रतुवामाई नगरपालिकाको प्रमुखमा काँग्रेसका रवीन राईले नौ हजार ८९५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका टेकेन्द्र पोमुले आठ हजार १५० मत प्राप्त गर्नुभयो ।

उपप्रमुखको पदमा एमालेकी दयामन्त चुडालले आठ हजार ३७२ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी फूलवती गोडीले आठ हजार ३१३ मत प्राप्त गर्नुभएको थियो ।

मोरङको आठ नगरपालिकामध्ये दुईवटा र आठ गाउँपालिकामध्ये एउटाको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । अन्य स्थानीय तहमा मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...